तीनै तहको सरकार सफल बनाउन निजमती क्षेत्रको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले १७ औं निजमती सेवा दिवसको अवसरमा सम्पुर्ण कर्मचारीहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

सोमबार मुख्यमन्त्री गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमा निजमती सेवा दिवस–२०७७ को अवसरमा हार्दिक बधाई, तथा सु–स्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगति एवं पेशागत मर्यादा अभिबृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रेस विज्ञप्ति मार्फत मन्त्री गुरुङले भनेका छन्, ‘राज्यको नीति, योजना र कानूनको सफल कार्यान्वयनमा निजमती क्षेत्रकाे महत्वपूर्ण भूमिका छ ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न निजमती क्षेत्रको अर्थपूर्ण भूमिका रहेको मन्त्रीले गुरुङले बताएका छन् ।

जनताप्रति समर्णपित, सदाचारयुक्त र प्रतिपस्र्धी क्षमता सहितको निजमती सेवा निर्माणमा लाग्न मुख्य मन्त्री गुरुङले सबैलाई आग्रह गरेका छन् ।

नेपाली जनताको आकांक्षा बमोजिम सुशासन र विकासको लक्ष्य गर्न दृढ राजनैतिक ईच्छाशक्ति भएको राजनैतिक नेतृत्व र पारदर्शी, परिणामुखी, जवाफदेहिता र सूचना प्रविधिको उच्चत्तम उपयोग गर्न सक्षम प्रशासन अपरिहार्य रहने मुख्य मन्त्री गुरुङले जोड दिएका छन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

मिति : २०७८-०४-१६काठमाडौं, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान)ले मिति २०७८/०४/१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना…

नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक्ट क्लब अफ नारायणगढ, स्पाउस क्लब अफ नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड सम्युक्त आयोजना र इन्टयाक्ट क्लब अफ वाल्मीकि शिक्षा…

Heel Pain / Plantar Fasciitis /कुर्कुच्चा / पैताला दुखाई र…

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल…

Project TO2gether: सिद्दार्थनगर नगरपालिकामा अवस्थित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनट्रेटर सहयोग

रोट्यार्याक्ट क्लब अफ काठमाडौ र रोट्यार्याक्ट क्लब अफ अलुम्नी अफ युनिभर्सिटी अफ मोराटोवाको संयुक्त पहलमा एउटा र रोटरी क्लब अफ काठमाण्डुको सहयोगमा एउटा गरि रोट्यार्याक्ट…