स्याङजा प्रहरीलाई सफलता : ठूलाे परिमाणकाे गाँजा सहित तीनजना पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालयले अवैध लागुऔषध गाँजा सहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–३ का २५ वर्षीय संजिव कुमार सिंह र अर्का १८ वर्षीय रहमदिन आलमलाई पक्राउ परेका हुन् ।

उनीहरुलाई पुतलीबजार नगरपालिका–३ स्थित शिक्षाचोकमा शंकास्पद अवस्थामा फेला पारी शरीर खनतलासी गर्दा १०२ ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै उनीहरुलाई गाँजा बेचेको आरोपमा पुतलीबजार–८ कालियाथोकका ५३ वर्षीय विन बहादुर सिंहलाई पनि पक्राउ गरिएको जिल्ला प्रवक्ता डिसपी अधिकारीले बताए ।

सिंहको घरमा खनतलासी गर्दा ४४६ ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनेजनालाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…