गल्याङ मोहनडाँडामा स्वास्थ्य चौकी भवनको शिलान्यास

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ मोहनडाँडामा स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ ।

गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले स्वास्थ्यचौकी भवनको शिलान्यास गरेका हुन् ।
यसैगरी मोहनडाँडा स्थित डुम्रिचौर कृषि उपज केन्द्र तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रको पनि नगरप्रमुख अधिकारीले उद्घाटन गरे ।

कार्यक्रममा नगरप्रमुख अधिकारीले दुर्गम क्षेत्रका जनताको जीवन स्तर उकास्न आफु क्रियाशिल रहेको जानकारी दिए । उनले भने, ‘ग्रामिण क्षेत्र धेरै भएको नगरपालिका भएतापनि विकासका कुरामा केही समस्या भएको भन्दै छोटो समयमा नगरपालिकाले ठूलो फड्को मारेको छ ।’

कृषि उत्पादनलाई नगरको सदरमुकाम सम्म जोड्नका लागि आफू र नगरपालिका लागको नगरप्रमुख अधिकारीले बताए । बजारिकरणको जिम्मा नगरपालिकाले लिने बताउँदै कृषि उत्पादनमा क्रियाशिल रहन उनले सबैलाई आग्रह गरे ।

वडा नम्बर चारका अध्यक्ष नेत्रप्रसाद पाण्डेले भौगोलिक विकटता भएपनि विकासका कुराहरुलाई ग्रामिण क्षेत्रका लागि जोड दिइएको भन्दै आवश्यकता अनुसारको माग गर्न नगर प्रमुखलाई आग्रह गरेका थिए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…