गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास : करिब साढे ८ करोड बजेट लाग्ने

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नयाँ बन्न लागेको प्रशासनिक भवनको शिलान्यास गरेका हुन् ।

गल्याङ नगरपालिका वडा नम्बर तीन साविकको विपिसी खेल मैदान र युवा क्लबको खेल मैदानमा बन्न लागेको भवनको शिलान्यास कार्यक्रममा नगरप्रमुख अधिकारीले विकास निर्माण र भौतिक पूर्वाधारको क्षेत्रमा नगरपालिका क्रियाशिल रहेको बताए ।

उनले भने–‘झोलामा लेटेरप्याड र छाप लिएर मैले नगरपालिकाको काम सुरु गरेको थिएँ, लामो कसरत पछी भवन बनाउन सुरु भएको छ । यसमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।’
नगरप्रमुख अधिकारीले बाटो निर्माण तथा कृषिका क्षेत्रमा नगरपालिकाले विभिन्न कामहरु गरिरहेको स्पष्ट पारे ।

केही व्यक्तिको सोचाईमा नकारात्मक मात्रै भएको टिप्पणी गर्दै नगरप्रमुख अधिकारीले विकास निर्माणका कामहरु गर्दा भ्रष्टाचारलाई सँगै जोडिने गरिएको आरोप लगाए ।

‘यही भवन निर्माणका लागि पनि टेण्डर प्रक्रियाबाट सबै भन्दा कम मुल्यलाई पर्ने हुन्छ, हाम्रो कुनै भूमिका हुँदैन,’ उनले भने ।

जनताले दिएको भोटलाई भ्रष्टाचार सित आफुले कहिल्यै साट्न नसक्ने भन्दै नगरप्रमुख अधिकारीले एक रुपैयाँ हिनाविना गरेको प्रमाण सहित कसैले देखाउन सकेमा आफुले राजनीति छोड्ने चुनौति दिए ।

गल्याङ नगरपालिका उपप्रमुख देविसरा थापाले सबै सकारात्मक भएर अगाढि बढ्न सकेमा विकासका गतिविधिलाई अगाडी बढाउन सकिने बताइन् ।

आफ्नै प्रशासनिक भवन नहुँदा जनप्रतिनिधि र कर्मचारीलाई मात्रै समस्या नभई सेवाग्राहीलाई पनि समस्या भैरहेको भन्दै उहाँले सबैको सहयोगमा निर्माण कार्य समयमा नै पुरा हुने विश्वास व्यक्त गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले मुल्य अभिबृद्वि कर सहित आठ करोड ३७ लाख ९१ हजार छ सय ३३ रुपैयाँ छ पैसा लागतमा भवन निर्माण हुन लागेको जानकारी दिए ।

नियम अनुसार संघीय सरकारबाट ५० प्रतिशत अनुदानको व्यवस्था रहेको र बाँकी नगरपालिकाको लगानीमा भवन बन्ने उनले स्पष्ट पारे ।

निर्माण व्यवसायी लामा नवकान्तिपुर कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि युरोज अर्यालले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्वता जनाए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…