नबिलको चाडपर्व बहारः निक्षेपकर्ता र ऋणीलाई खुशीको उपहार

स्याङ्जा । नबिल बैंक लि.ले चाडपर्व योजना ल्याएको छ । निक्षेपकर्तालाई धेरै ब्याज र ग्राहकलाई सस्तो ब्याज दिने उद्देश्यले ‘नबिल चाडपर्व योजना’ ल्याएको हो । कोभिड–१९ को कहरले पारेको प्रभावलाई मध्येनजर गर्दै निक्षेपमा बढी ब्याज दिने र ऋणमा कम ब्याज लिने योजना ल्याइएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख संस्थागत संचार विभाग कृष्ण सुवेदीले भने, ‘कोविड १९ महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाईमा हुनुहुन्छ । यस कठिन समयमा नबिल बैंकले सँगै अघि बढ्ने आफ्नो उद्देश्यअनुरुप, सम्भव भएसम्म धेरैलाई खुशी पार्ने प्रयास गर्दै समाजप्रति उत्तरदायी हुन चाहन्छ ।’

चाडपर्वका बेला सबै नेपालीहरुको मुहारमा मुस्काउन ल्याउन व्यक्तिगत मुद्धती खाताहरुमा उच्च ब्याज दर र कर्जाका हकमा कम ब्याज लिने योजना ल्याइएको सुवेदीले बताए ।

बैंकले ल्याएको चाडपर्व योजना अनुसार १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९ प्रतिशत, १ बर्षसम्मकोमा ८.५ प्रतिशत ब्याज प्रदान हुनेछ । त्यस्तै २ बर्ष भन्दा माथि र ५ बर्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ बर्ष भन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५ प्रतिशत ब्याजदर पाउनेछ।

यसैगरी बैंकले घर कर्जा ७.४९, धितो कर्जा र व्यक्तिगत ओभरड्राफ्ट ७.९९, साना तथा मझौला कर्जा १ करोडसम्मलाई ७.४९ तथा एक करोड भन्दा माथिलाई ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ । यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नगरिने नबिल बैंकले जनाएको छ।

३५ बर्षदेखि संचालनमा रहेको बैकले आफ्ना ११९ शाखा, १८५ एटिएम र १५ सय भन्दा बढी नबिल रेमिट रहेका छन् ।

वालिङमा पनि नबिलको शाखा
यस्तै गत माघदेखि बैंकले स्याङजाको मुख्य व्यापारिक, आर्थिक र प्रशासनिक केन्द्र वालिङमा पनि शाखा सञ्चालन गर्दै बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…