स्याङ्जा पहिरो : एकै परिवारका नौजनाकाे ज्यान गयो, मृतक सबैको सनाखत


स्याङ्जा । स्याङजाको वालिङ–१४ तमादीमा पहिरो जाँदा ९ जनाले ज्यान गुमाएका छन् । पहिरोले पुरिएर पाँच महिनाका बालक सहित नौजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

यस्तै पहिरोबाट १६ वर्षीया मनिषा नेपालीको जिवितै उद्धार गरिएको छ । उनको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ ।

पहिरोले पुरिएर २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया स्यानी नेपाली र ९ वर्षीय बालक विवश नेपाली, १४ वर्षीय विक्रम भनिने शिशिर नेपाली, १९ वर्षीया विनिता नेपाली, २२ वर्षीय कुलदीप नेपाली र ५ महिनाको बच्चा समिर नेपालीको मृत्यु भएको छ । उमा पहुना बस्न आएका हुन् ।

बिहान पौने ६ बजे खसेको पहिरोले ज्यान गुमाएका ९ जनाको गह्रौ प्राथमिक अस्पताल वालिङमा पोष्ट मार्टमका लागि राखिएको छ । उनीहरुको आजै दहासंस्कार गरिने मृतक आफन्तहरुले जनाएका छन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…