३ किलो अवैध गाँजा सहित स्याङ्जाका दुईजना पक्राउ

स्याङ्जा । अवैध गाँजा सहित दुईजनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । अर्जुनचौपारी गाउँपालिका २ का ६३ वर्षीय तुल बहादुर क्षेत्री र २ का २२ वर्षीय कृष्ण बहादुर गुरुङलाई अवैध लागु औषध (गाँजा) सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् । क्षेत्री गुरुङलाई गाँजा बेचेकाे आराेपमा पक्राउ परेका हुन् ।

गुरुङको साथबाट हरियो गाँजा ८४ ग्राम, सुकेको ४० ग्राम, बम्फु, बाँसको चिलिम, स्टिल पेपर बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै क्षेत्रीको घरबाट प्रहरीले ठूलो परिमाणको ३ किलो गाँजा बरामत गरेको छ । गुरुङलाई गाँजा बेचेको आरोपमा क्षेत्रीको घरमा खनतलासी गर्दा गाँजा फेला परेको हो ।

दुवैजनालाई जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…