वालिङ नगरपालिकामा ‘स्मार्ट वालिङ’ डिजिटल सिस्टमको शुभारम्भ

स्याङ्जा, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकामा आजदेखि औपचारिकरुपमा ‘स्मार्ट वालिङ’ डिजिटल सिस्टमको शुभारम्भ भएको छ ।

वालिङ नगरपालिकाको आयोजना र स्मार्ट पालिकाको सहकार्यमा वालिङलाई नेपालकै उत्कृष्ट स्मार्ट सिटी बनाउने उद्देश्यले ‘स्मार्ट वालिङ’ एप्सको शुरुवात गरिएको हो । वडामा हुने सिफारिसका काम काजहरु डिजिटल सिस्टमबाट भुक्तानीसहित गर्न मिल्ने सिस्टमकाे आरम्भ भएकाे छ ।

स्मार्ट पालिकाले निर्माण गरेको वालिङ नगरपालिका स्मार्ट मोबाईल एप तथा विद्युतीय सुशासन प्रणाली आज वालिङ नगरपालिकालाई हस्तान्तरण गरेसँगै कार्य शुभारम्भ भएको हो ।

डिजिटल सिस्टम शुभारम्भ कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले विश्व विज्ञान र प्रविधिको युगमा प्रवेश गरेको बताउँदै नगरपालिकाले आरम्भ गरेको सेवाको प्रश‌ंसा गरे ।

नागरिकले घरबाटै स्मार्ट मोबाईलको प्रयोगबाट सेवा लिन सहिने भएकाले सुशासनका लागि सहयोग हुने उनको तर्क थियो ।

‘डिजिटल सिस्टमलाई कार्यान्वयनका लागि शुरुका चरणमा केही समस्याहरु आउन सक्छन्’ प्रमु जिल्ला अधिकारीले क्षेत्रीले भने, ‘समस्या आउँछन् भनेर अगाडि नबढ्ने होईन समस्यासँग जुध्दै अगाडि बढेमात्रै सफल बन्न सकिन्छ त्यसको शुरुवात वालिङले गरेको छ, जुन आधुनिकताको कोशेढुंगा पनि हो ।’

कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले स्मार्ट वालिङ डिजिटल सिस्टमको सुरुवातीसँगै नगरका सबै गतिविधिहरु हेर्न सकिने भएकाले पनि पारदर्शिताको उच्चतम प्रयोग भएको बताए ।

स्मार्ट सिटी वालिङ निर्माणका लागि २० वर्षको योजना बनाएको उनले कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले वालिङका नागरिकले दिनुभएको जिम्मेवारी पूरा गर्नका लागि निरन्तर लागि परेको बताइन् । आधुनिकतासँगै भित्रिएका नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै वालिङलाई स्मार्ट सिटी बनाउने मार्गमा रहेको उनले प्रस्ट्याइन् ।

नेकपा वालिङ नगर अध्यक्ष राजेन्द्र डुम्रे, नेपाली काँग्रेस वालिङ नगर सचिव भूपराज बगाले, जनता समाजवादी पार्टीका नगर अध्यक्ष टीकाराम रेग्मी, वालिङ नगर प्रवक्ता केदार काफ्ले लगायतले कार्यक्रममा बोलेका थिए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…