स्याङ्जा पहिरो : मन्त्री अर्यालद्वारा पीडितलाई १५ लाख बढी राहत हस्तान्तरण (तस्बिर सहित)

स्याङ्जा । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमार अर्यालले केही दिन अघि आएको अविरल वर्षाका कारण आएको पहिरोमा परि मृत्यु भएका मृतक तथा घाइतेको परिवारलाई राहत बितरण गरेकी छन् । मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परि वालिङ नगरपालिका–१४ मा मृत्यु भएका परिवारलाई शुक्रबार राहत प्रदान गरेकी हुन् ।

राहत हस्तान्तरण गर्दै मन्त्री अर्यालले स्वर्गीय माया नेपालीका छोरा भोजराज र छोरी मनिषाले आफ्ना अभिभावक गुमाउनुपरेको पिडा आफूले महशुस गरेको बताइन् ।

मृतकका छोरा र छोरीको अभिभावक सरकार रहेको बताउदै मन्त्री अर्यालले मनिषाको शिक्षाका लागी आफुले व्यवस्था गर्ने र अभिभावक समेत आफु रहेको बताइन् । पहिरो पीडित भोजराजको बस्ने घर नै पहिरोले पुरेपछि अहिले नजिकैको विद्यालयमा काजक्रियामा रहेका छन् । पीडितको घर सरकारले बनाइँदिने भन्दै मन्त्री अर्यालले पहिरो पिडित र विस्थापित परिवारको आवास निर्माणका लागी सरकारले व्यवस्था गर्ने बताइन् ।

अर्यालको माइती गाउँ वालिङ नगरपालिका–१४ तमादीमै पुगेर १० लाख २० हजार प्रदान गरेकी हुन् । राहत रकम नेपाल सरकारको तर्फबाट ७ लाख र मन्त्रालयको पहलमा ३ लाख रकम मन्त्रीले प्रदान गर्नु गरेकी हुन् । असोज ८ गते घर माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो ।

यसैगरी मन्त्री अर्यालले कालिगण्डकी गाउँपालिका–४ मा गत असोज ८ गते गौतमडाँडा र असार ३० गते खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई राहत प्रदान गर्नुभएको छ । पहिरो पीडित परिवारको घरमै पुगेर मन्त्री अर्यालले राहत प्रदान गरेकी हुन् ।

मन्त्री अर्यालले असोज ८ गते मृत्यु भएका १७ वर्षिय बिष्णु दमैको परिवालाई केन्द्र सरकारको तर्फबाट २ लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार राहत प्रदान गरेकी हुन् । यसैगरी उहाँले पहिरोले घरमा क्षति पुगेको औमायाँ नेपालीलाई २० हजार र अन्य तीन परिवारलाई ५/५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिन् ।

यसैगरी गत असार ३० गते पहिरोमा परेर मृत्यु भएका चार जनाका परिवारलाई सहकारी संघका तर्फबाट २०/२० हजार र बिस्थापित चार परिवारलाई १५/१५ हजार राहत मन्त्री अर्यालले प्रदान गरेकी हुन् ।

राहत प्रदान गर्दै मन्त्री अर्यालले मृतक परिवार र बिस्तापित परिवारलाई माया गर्दै आवश्यक सहयोग गर्न सबैलाई गरिन । पहिरोले प्रभावित परिवारको घर निर्माण गर्न सरकार इट्टा बन्ने बताउँदै मन्त्री अर्यालले सरकार सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने बताइन् । ‘तपाईहरु सबैले पहिरोबाट पीडित हुनुभएका दाजुभाइदिदीबहिनीहरुलाई सहयोग गर्नुस । सरकार तपाइहरुको साथमा छ । जग्गा नभएकाहरुलाई जग्गा खोजेर नै सरकारले घर बनाईदिन्छ’, मन्त्री अर्यालले भनिन् । मन्त्री अर्यालले त्यस अवसरमा पहिरो गएको क्षेत्रको प्रत्यक्ष अवलोकन समेत गरिन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…