‘के सक्छन् त युवाले देश हाँक्न ?’

३४ वर्षिय सना मरिन फिनल्याण्डको प्रधानमन्त्री बन्दै गर्दा नेपाली बजारमा चर्चाको विषय थियो–विद्यार्थी संगठनमा ३२ वर्षे उमेर हदबन्दी । ‘युवा र नेपाली राजनीति’ मा प्रत्येक वर्ष ज्वलन्त रुपमा उठ्ने र बहश हुने विषय हो ।

देशले युवा नेतृत्व नपाए सम्म सायदै यो विषय यसरी नै बहशको रुपमा उठिराख्ला तर मूल प्रश्न यो हो–के सक्छन् त युवाले नेपाल हाँक्न ? हुन त हामीले नेपाललाई राजनैतिक प्रयोगशालाको रुपमा विकास गर्यौ भन्ने कुरामा दुई मत नरहला । जहाँनिया राणा शासन, अधिकार सम्पन्न राजतन्त्र, संवैधानिक राजतन्त्र, पंचायत हुँदै प्रजातन्त्र, लोकतन्त्र देखि गणतन्त्रको बाटोसम्म आइपुग्दा जहाँनिया राणा शासनको क्रममा पारिवारिक बन्धनका कारण केही अपवाद बाहेक यो देशले ४० मुनिको युवा कार्यकारी प्रमुख पाएकै रहेनछ । यसर्थ युवाको नेतृत्व र अग्रजको अभिभावकत्व सहितको राजनैतिक मोडालिटी हामीले प्रयोग नगरेकाले पनि यो विषयले चर्चा पाउनु जायज र सान्दर्भिक नै छ ।

सन् २००६ को फ्रेब्रुअरीमा प्रकाशित अमेरीकी राष्ट्रिय मेडिकल इन्ष्टिच्युटको एक रिपोर्ट अनुसार ४० वर्षपछि मानिसको मस्तिष्कको तौल प्रत्येक एक दशकको अनुपातमा ५ प्रतिशतले घट्दै जाने तथ्य सार्वजनिक भएको छ । स्मरणशक्ति पनि मानिसको बढ्दो उमेरसंगै घट्दै जाने कुरा सोही रिपोर्टमा गरिएको छ । अर्थात वैज्ञानिक दृष्टिकोणबाट पनि सिर्जनात्मक उमेर ४० मुनि हो । नेपाली काँग्रेस पार्टी स्थापना गर्दै गर्दा वीपी कोइरालाको उमेर मात्रै ३६ थियो जबकि आज नेपाली काँग्रेसमा ४० मुनिका एउटा पनि केन्द्रिय सदस्य नै छैनन् । प्रचण्डले ३९ वर्षको उमेरमा जनयुद्धको घोषणा गरेका थिए । सापेक्षतावादको सिद्धान्त पत्ता लगाउँदा आइन्स्टाइन मात्रै २६ वर्षका थिए । मुनामदन देवकोटाले २७ वर्षको हुँदा प्रकाशन गरेका थिए । मार्क्सवादकाे सिद्धान्त कार्ल मार्क्सले ३० वर्षको उमेरमा प्रतिपादन गरेका थिए । वर्ष ४० मा मदन भण्डारीले जनताको बहुदलीय जनवादलाई पार्टीमा स्थापित गराएका थिए भने प्रजातन्त्रका लागि विष्णुमतिको किनारामा गोली थाप्दै गर्दा गंगालाल २२ वर्षे ठिटो थिए । चाहे त्यो विश्व इतिहास होस् या नेपाली इतिहास रथ त युवाले नै हाँकेका थिए ।

अब सन्दर्भ रह्यो वर्तमान समय र युवा नेतृत्वको । भूमिगतकालमा सिमित स्रोतकै भरमा युवाले एउटा बन्द कोठाबाट देश हाँक्न सक्थे भने अहिलेको खुल्ला बजारमा नसक्ने प्रश्नै रहेन । तर युवा जोस भनेको साउने भेल जस्तै हो बाटोमा जे भेट्यो त्यो उठायो चाहे चाहिने होस् या नचाहिने । यसर्थ त्यो भेललाई थाम्न कुनै न कुनै रुपमा अग्रजको अभिभावकत्व चाहिन्छ । जसरी शान्ति प्रक्रियाको लागि गिरिजाप्रसाद कोइराला र माधव नेपाल जस्ता अग्रज नेताको अभिभावकत्वमा दोस्रो तहका युवा नेताहरुले पहल कदमी लिगेका थिए ।

मानसिक र शारीरिक दुवै दृष्टिकोणबाट युवा स्वस्थ रहने भएकाले युवाले गर्ने काममा परिणाम बढी र प्रभावकारी हुने गर्छ । जस्तो कि २०/३० वर्षको जोशमा छोराले बोक्ने भारी र ६० कटेपछि बाले बोक्ने भारी । त्यसमा पनि देशको ठूलो युवा जमात देशमा व्याप्त विसंगतिको सिकार भएर मुग्लान भासिएको पृष्ठभूमिमा तिनलाई घर फर्काउने तागत कोही राख्छ भने त्यो उसकै भाइ/साथी हो जो नीति निर्माणको तहमा पुग्छ किनकि संगैको सहयात्री गुमाउनुको चोट उसैलाई बढी हुन्छ ।

देश विकासका विभिन्न प्रक्रिया र आयाम हुन्छ । धर्म, अर्थ, शिक्षा, स्वास्थ, खेलकुद, मनोरञ्जन, प्रकृति, संस्कृति र यी सबैलाई जोड्ने पुल पनि युवा नै हुन् । माओत्सेतुङले सन् १९५७ मा युवा विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै भनेका थिए ‘यो विश्व हाम्रो हो र तिमीहरुको पनि हो तर अन्तिममा यो तिमीहरु युवा कै हो ।’ एउटा क्रान्तिबाट उठेको विश्व नेताले ६४ वर्षको उमेरमा दिएको अभिव्यक्तिको आशयबाट पनि विश्व हाँक्ने कार्यकारी जिम्मेवारी युवाको नै हो भन्ने प्रष्ट हुन्छ ।

लामो समयको राजनैतिक अस्थिरताले थिलो थिलो पारेको युवा जमातलाई कोरियाबाट हाम्रा खोरिया फर्काउन भने चुनौतिपूर्ण नै छ । यति मात्रै पनि होइन देशमै पनि सामाजिक परिवेश, दमन र शोषणबाट थलो परेको युवालाई माथि उठाउनु पनि अर्को चुनौति छ । यो भन्दै गर्दा बलियाबाङ्गा हातखुट्टा लिएर हामी युवाले चिया पसलमा देश बिगारे भनेर नेतालाई सराप्दै गर्दा १७ वर्षको उमेरमा राजा महेन्द्रलाई कालो झण्डा देखाएर शैलजा आचार्यले तत्कालीन व्यवस्थाको विरुद्ध ठाडो चुनौति दिएको त्यो गौरवशाली इतिहासको नै अपमान हुन्छ ।

त्यसैले युवा साथी हो आऊ हातमा हात मिलाऊ र एक अर्काका नियतिका विरुद्ध आफैँ लडौं र आउने पुस्तालाई सुन्दर आगत हस्तान्तरण गरौ । सिंगो एक शताब्दी धैर्यताका साथ अनेकन राजनीतिका राजनैतिक प्रयोग सहेका हामी नेपालीले राष्ट्रकवि माधव घिमिरेको आह्वान ‘जाग युवा पृथ्वी तीन वित्ता उचाली’ भने जस्तै आऊ हिमाल, पहाड र मधेश उठाएर एउटा अन्तिम प्रयोग गरौ ‘अग्रजको अभिभावकत्व सहित युवा कार्यकारीको राजनैतिक मोडालिटी र दिऊ उत्तर के सक्छन् त युवाले नेपाल हाँक्न ?’ भन्ने प्रश्नको एक दशकमा नयाँ नेपाल सहित ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…