पर्यटन समृद्धिका प्रमुख आधार : मन्त्री लम्साल

स्याङ्जा । भीरकोट (बयारघारी)मा फोहोर व्यवस्थापन केन्द्रको प्रशासकिय भवनको शिलान्या गरिएको छ । भीरकोट नगरपालिका–४ सिसौघारीमा बन्ने फोहोरमैला व्यवस्थापन केन्द्रको प्रशासििकय भवन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गरेका हुन् ।

भवनको शिलान्यास गर्दै मन्त्री लम्साले तीनै तहको सरकारबीचको सहकार्य, समन्वय र एकताले समृद्ध नेपाल बन्ने दावी गरे । उनले भने, ‘संघियता कार्यान्वयनमा तीनै तहको सरकारको भूमिका महत्वपूर्ण छ । संघियता कार्यान्वयनले मात्रै गणतन्त्रको संस्थागत हुन्छ ।’

सम्बोधनका क्रममा ‘समृद्ध नेपालःसुखी नेपाली’ नारा साकार पार्न पर्यटनका लागि आवश्यक पूर्वाधारहरु तयार गर्नुपर्ने मन्त्री लम्साले बताए । उनले पर्यटन नै समृद्धिका प्रमुख आधार रहेको ठोकुवा गरे ।

२२से र २४से राज्यका ताका स्याङ्जा शाक्तिशाली राज्य रहेको मन्त्री लम्सालले कार्यक्रममा संस्मरण गराए । कोटैकोटले भरिएको स्याङ्जा धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक रुपमा महत्वपूर्ण रहेको उनले सुनाए ।

स्थानीय पर्यटन विकासका लागि फोहोरमैला व्यवस्थापन केन्द्रले कोशेढुङ्गा सावित गर्ने मन्त्री अर्याललको भनाई थियो । ‘भीरकोटले सरसफाईका लागि अगाडि सारेको कदम प्रशांनीय छ,’ उनले भने ।

सो अवसरमा गण्डकी प्रदेश सांसद दीपक चर्तीमगर, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, नेकपा नगर अध्यक्ष मिनप्रसाद कोइराला, कांग्रेसका नगरसचिव श्यामकाजी अधिकारी, नगर उपप्रमुख सीमा कुमारी केसी कर्माचार्य लगायतले बोलेका थिए ।

प्रशासकिय भवन निर्माणका लागी १ करोड ९९ लाख ५५ हजार १ सय ३० रुपैँयाको बोलपत्र आव्हान भएको छ । प्रशासकिय भवनसंगै पानी पोखरी, शौचालय, कल्भड, ल्याण्ड फिल्ड साइडको भित्रि बाटो ग्राभेल हुनेछ ।

२४ रोपनी ९ आना एक पैसा जग्गा नगरपालिकाले ५१ लख १५ हजार ६ सय रुपैँयामा खरिद गरेको थियो ।

नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ ३९ लाख ७६ हजार र ०७६/०७७ मा २० लाख रकम विनियोजन गरेको थियो । अहिलेसम्म सिसौघारीमा भवन निर्माण, पार्क निर्माण, कम्पाउण्ड वाल, र शौचालय निर्माण भईसकेको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

मिति : २०७८-०४-१६काठमाडौं, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान)ले मिति २०७८/०४/१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना…

नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक्ट क्लब अफ नारायणगढ, स्पाउस क्लब अफ नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड सम्युक्त आयोजना र इन्टयाक्ट क्लब अफ वाल्मीकि शिक्षा…

Heel Pain / Plantar Fasciitis /कुर्कुच्चा / पैताला दुखाई र…

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल…

Project TO2gether: सिद्दार्थनगर नगरपालिकामा अवस्थित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनट्रेटर सहयोग

रोट्यार्याक्ट क्लब अफ काठमाडौ र रोट्यार्याक्ट क्लब अफ अलुम्नी अफ युनिभर्सिटी अफ मोराटोवाको संयुक्त पहलमा एउटा र रोटरी क्लब अफ काठमाण्डुको सहयोगमा एउटा गरि रोट्यार्याक्ट…