गरिबी अन्त्यका लागि माग र रुची अनुसार तालिम दिइनेछ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी अन्त्यका लागि माग र रुचीमा आधारिक उद्यमशिलता तालिम दिइने बताएकी छन् । अन्तराष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
गरिबी निवारणका निम्ती जनस्तरमा कस्तो माग रहेको छ त्यसमा आधारित रहेर सीपमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने मन्त्री अर्यालको भनाई थियो । गरिब पहिचानको कार्यक्रम अन्तिम चरणमा पुगेको भन्दै मन्त्री अर्यालले सरकारले पहिचान गरेका गरिबहरुको जीवनस्तर माथि उकास्नका निम्ती एकीकृत गरिबी निवारणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन् ।

मन्त्री अर्यालले भनिन्, ‘गरिबी निवारणका लागि मागमा आधारित सीपमूलक तालिमहरु सञ्चालन गर्नुपर्छ । उनीहरुलाई चाहिएको के हो ? रुची के मा छ ? त्यस्ता कुराहरुको पहिचान गरेर उनीहरुलाई सिप सिकाउने, उद्यमी बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’

अहिलेपनि १८.७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनी रहेको उल्लेख गर्दै मन्त्री अर्यालले गरिबी निवारणको क्षेत्रमा अझ धेरै प्रयास गर्नुपर्ने आवश्यकता रहेको औल्याइन् । सरकारले गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मार्गदर्शनका रुपमा गरिबी निवारण नीति ल्याएको भन्दै मन्त्री अर्यालले एकीकृत रुपमा गरिबी निवारण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् ।

‘विभिन्न निकायहरुबाट सञ्चालित गरिबी निवारणका कार्यक्रमहरुलाई गरिबमुखी बनाई समन्वयात्मक ढङ्गबाट सञ्चालनमा ल्याउन गरिब परिवार पहिचान हुन आवश्यक हुने विषयलाई ध्यानमा राखी आगामी आर्थिक वर्षभित्र मुलुकका सबै गरिब परिवार पहिचान गरिसक्ने लक्ष्यसहित मन्त्रालय अगाडि बढेको छ’, मन्त्री अर्यालले दिएको शुभकामना सन्देशमा उल्लेख छ, ‘पहिचान भएका गरिबहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नु तीनै तहका सरकार र यी मातहतका सबै निकायहरुको दायित्व भएको हुँदा सबैको सामूहिक प्रयास आवश्यक छ । आगामी दिनमा यसतर्फ सबैको सार्थक प्रयत्न रहने विश्वास लिएको छु ।’

सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन सोच लिएर पन्ध्रौ आवधिक योजनाको कार्यान्वयन गरिरहेको भन्दै मन्त्री अर्यालले सन २०३० सम्ममा मध्यम आय भएको मुलुकको रुपमा चिनाउने सरकारको अठोट पुरा गर्न धेरै काम गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘यी योजनाहरु सफल पार्न साझा चुनौतिका रुपमा रहेको गरिबीबाट मुलुकलाई मुक्त गर्न आवश्यक छ । यसका लागि सरकारी, सहकारी, निजी, गैरसरकारी क्षेत्र र विकास साझेदारबीच समन्वय एवं साझेदारी गरी अभियानका रुपमा सशक्त प्रयास सञ्चालन गर्न आग्रह गर्दछु ।’

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…