एकद्वार प्रणालीबाट खानेपानी वितरण गर्ने नगर प्रमुख खाँणको प्रतिबद्दता

स्याङ्जा । वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले नगरभित्रका शहरी क्षेत्रहरुमा एकद्वार प्रणालीबाट खानेपानी वितरण थाल्ने बताएका छन् । वालिङ ८ बसपार्कमा डिप बोरिङ लिफ्टिङ खानेपानीको उद्घाटन गर्दै नगर प्रमुख खाँणले शहरी क्षेत्रमा रहेका खानेपानीका स्रोतहरुलाई एकीकृत र ब्यवस्थित गर्दै एकद्वार प्रणालीबाट वितरण थाल्ने बताएका हुन् ।

उनले भने, ‘शहरी क्षेत्र र ग्रामीण क्षेत्रका लागि एकद्वार प्रणालीबाट खानेपानी वितरण गर्नेछौं ’ नगरपालिकाले शहरी क्षेत्र र ग्रामीण क्षेत्रका लागि छुट्टाछुट्टै खानेपानी ऐन र कानून निर्माण गरेर कार्यान्वयनमा लैजाने तयारी भईरहेको उनले बताए ।

‘नगरपालिकाले नगरभित्रका विभिन्न ६ ठाउँमा डिप बोरिङमार्फत सफलरुपमा खानेपानी निकालिएको जानकारी गराउँदै नगर प्रमुख खाँणले अझै ३ ठाउँमा डिप बोरिङमार्फत पानी निकाल्ने कार्यक्रम रहेको जानकारी दिए । अबको कम्तिमा पनि ३० वर्षका लागि स्वच्छ र प्रर्याप्तरुपमा नगरवासीलाई खानेपानी उपलब्ध गराउने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।
वालिङ नगरपालिकाले निर्माण गरेको डिप बोरिङको ब्यवस्थापन वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गर्ने भएको छ ।

कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले नगरवासीलाई स्वच्छ र प्रर्याप्तमात्रामा खानेपानी उपलब्ध गराउने जिम्मेवारी नगरको भएको बताउँदै आफ्नो कर्तब्य पूरा गरेर छाड्ने बताइन् । उनले वालिङमा पानीको स्रोतहरुको सही सदुपयोग गरी नगरबासीलाई खानेपानी पु¥याउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा खानेपानी वितरणलाई ब्यवस्थित बनाउँदै लगिनेमा जोड दिइन् ।

कार्यक्रममा वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विद्या श्रेष्ठ, रोशन कुँवर, खगेन्द्रप्रसाद अर्याल लगायतले बोलेका थिए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…