प्रतिपक्षी दल नेकपाको वालिङका नगरप्रमुख खाँणलाई १५ प्रश्न, (पूर्णपाठ सहित)

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वालिङ नगर कमिटीले वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणलाई १५ बुँदे विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका छन् । नगरपालिकाले प्रदान गर्ने सेवा–सुविधा र काम–कार्वाही अपारदर्शी, पुर्वाग्राही र एकलौटी भएको भन्दै प्रतिपक्षी दल नेकपाले नगरप्रमुख खाँणलाई ध्यानाकर्षण गराएका हुन् । १५ बुँदे ध्यानाकर्षण पत्रमा नेकपा नगर कमिटीका अध्यक्ष राजेन्द्र डुम्रे, नेकपा नेताद्वय पुण्यप्रसाद अर्याल र हुम बहादुर गुरुङले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । अर्याल र गुरुङ स्थानीय निर्वाचन २०७४ मा नगरप्रमुख पदका लागिा उम्मेदवार थिए । अर्याल साविकको एमाले र गुरुङ नेकपा माओवादीको तर्फबाट उम्मेदवार बनेका थिए ।

यस्ताे छ, पूर्णपाठ ।

१. सिद्धार्थ राजमार्गको वालिङ नगरपालिकाको खण्डमा आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गई गरिएको सडक विस्तारले गर्दा देखिएका समस्याहरुको जिम्मेवार को हुने ? नगरपालिकाले स्थानीय सडकमा लगाउन सक्ने बजेट संघीय बजेटबाट काम हुने राष्ट्रिय राजमार्गमा खर्च गर्ने अधिकार कसले दियो ?

२. नगरपालिकाले आफ्नो सीमा बाहिर गएर २०७७ भाद्र १६ गते सडक सीमा खाली गर्ने बारेको सूचनाको अर्थ के ? यसले त आफूहरुले विगतमा गरेको गल्तीलाई ढाकछोप गरी जनतालाई भ्रममा पार्नुबाहेक कुनै अर्थ राख्छ र ? किनभने एउटै कामका लागि सोही व्यहोराको सूचना सडक डिभिजन कार्यालय पोखराले २०७७ असोज ८ गते प्रकाशित गरेको छ ।

३. अन्धाधुन्द डोजर चलाएर सडक किनाराका घर वस्ती जोखिममा पारेर पु¥याएको क्षतिको जिम्मा कसले लिने ? दैनिक रुपमा बायाटारीदेखि त्रियासीसम्म पानी छर्केर धुलोमार्ने ब्यबस्था गरियोस् अन्यथा राजमार्ग छेउका बासिन्दाले नगरपालिका कम्पाउण्डमा बस्ति सार्न बाध्य हुनेछन् ।

४. सिङ्गो नगर र राष्ट्रको भविष्य गासिएको शिक्षा क्षेत्रमा स्थानीय तहले शिक्षा हेर्ने भएपछि गरिएका कुनै काम देखिदैनन् बरु शिक्षक मिलानमा भने खुबै चासो देखिन्छ नगरपालिका भित्रै २०७६ फाल्गुनमा खालि भएको दरबन्दीमा २०७७ असोज सम्ममा शिक्षक पठाइएको छैन । कुनै विद्यालयमा भने एक दिन पनि खाली हुन नदिई शिक्षक पठाइएको पनि छ । तपाईका यी यस्ता कामले नगरको केन्द्रबाट अलि परका विद्यालय र नेपाल शिक्षक संघ बाहेकका शिक्षकहरु तपाईको दृष्टिमा पर्दैनन् किन नभन्ने ?

५. इनोभेसन सेन्टरको नाममा विद्यालयमा नै ड्रोन उडाउने सम्मको व्यवस्था गर्ने भनेर नगर प्रमुखले पत्र काटेर विद्यालयलाई रकम जम्मा गर्न लगाउनुभयो । त्यसपछि विद्यालयमा न त्यो इनोभेशनको टोली फेरि गयो न पैसा फिर्ता भयो । अनेक सपना देखाएर बच्चाहरुसँग मासिक शुल्क लिई नगरपालिका बोलाईन्थो यसबाट नगरप्रमुखका आफन्त बाहेक विद्यालय बालबालिका र नगरपालिकाले के उपलब्धी हासिल गरे सार्वजनिक हुनु पर्दछ ।

६. सहकारी शिक्षा विस्तार गर्दै सहकारीहरुलाई ठूलो पार्दै एकीकरण गर्दै लैजाने नेपाल सरकारको निति एकातिर छ भने नगरपालिकाबाट सहकारी विकास भन्दा पनि पार्टी हित हुनेगरी सहकारी स्थापना गर्न आफ्ना कार्यकर्ताहरु खटाइरहनु भएको छ कि?

७. नगरपालिकाको केन्द्रदेखि पर रहेका गाउँबस्तीहरुमा सहज सडकको पहुँच नपुगे बसाईसराई भई खाली हुने जोखिममा छन् । नगरको योजनाले यस्ता समस्यालाई सम्बोधन गर्नु पर्दैन ?

८. स्थानीय सरकारले कृषिमा जोड दिँदै केही प्रभावकारी कामहरु थालनी गरेका खबरहरु छिमेकका पालीकाहरुमा यत्रतत्र सुनिने गरेका छन् । आम कृषकहरुसम्म पुग्ने कुनै कार्यक्रमको थालनी यहाँ किन हुँदैन ?

९. फोहोरमैला व्यवस्थापनका लागि स्थापना गरिएको सरसफाई केन्द्रले निकै प्रभावकारी रुपमा काम गरेको, फोहोरबाट नगरपालिकाले राम्रो आम्दानी गरेको भनाई तपाईकै भाषणमा निकै सुनेका छौं । त्यहाँ अचेल के भइरहेको छ ? प्लाष्टिक जलाउन नहुने कानुन बारे पनि तपाईबाटै धेरै व्याख्या भएको छ । आजकल अर्मादी र आँधीदोभानमा रहेको सरसफाई केन्द्रमा सधैं धुँवा पुत्ताई रहेको देखिन्छ किन ?

१०. आँधीखोलाको दोहन रोक्न गिटी बालुवा निकाल्न नगरपालिकाले रोक लगाएको छ यो राम्रो कुरा हो तर त्यही किनारमा रहेको क्रसर उद्योगले खोलाकै सामग्री उपयोग गरिरहेको छ । त्यसलाई कानुन नलाग्ने हो र ? अहिले पनि किन आँधीखोलाबाट गिटी बालुवा निकाल्न दिइएको छ ?

११. कोभिड १९ को महामारीको संक्रमणको बेला सहयोग जुटाउन हामी पनि खुबै खटेका थियौं । पछिल्ला दिनहरुमा राहात वितरण आदि काममा नगरप्रमुखले आफ्नो परिवारका सदस्यहरुलाई दौडाइरहेको देखिन्छ । वडा अध्यक्षहरुले सहयोग गर्नु भएन कि ? अरु कारण छ । साथै कोरोना विशेष भत्ता निर्देशिका बमोजिम नबाड्नुको अर्थ के हो ?

१२. गह्रौं घ्याबलिङ् प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरपालिकाले वालिङ प्राथमिक अस्पतालमा स्तरोन्नती गरेको भनिएको छ । स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० को कुनै पनि बुँदा अनुसार त्यहाँ सुविधा किन पाइदैन ?

१३. नगरपालिकाले खरिद गरेका रोलर, टिप्परहरु अहिले कहाँ के गर्दैछन् ? वालिङको अहिलेको अवस्थामा त्यस्ता साधनहरुलाई गाउँवस्तीका बाटा बनाउन उपयोग गरेको देखिदैन किन ?

१४. नगरपालिकाको लेखा शाखा २४ सै घण्टा जस्तै खुला राख्नुको रहस्य के हो ?

१५. जनप्रतिनिधि भइसकेर पनि किन राजनीतिक आस्थाका आधारमा मात्रै खेलकुद सामग्री, जस्तापाता वितरण, कर्मचारी भर्ना, कर्मचारीलाई सुविधा लगायतका कार्य नगरपालिका भित्रबाट भइरहन्छन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…