पत्रकारहरुलाई मन्त्री गुरुङको आश्वासन–‘तपाईहरुसँगको छलफल र सहकार्य बिना चल्नेछैन’

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने बताएका छन् ।

नवनियुक्त संचारमन्त्री गुरुङले कोरोना भाईरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासंघ लगायतका सरोकारवाला पक्षसँग छिट्टै छलफल गर्ने योजना पनि अघि सरेका छन् ।

नेपाल पत्रकार महासंघका पदाधिकारीसँग आईतबार बिहान पुल्चोकस्थित मन्त्री निवासमा भएको सामूहिक भेटमा मन्त्री गुरुङले महासंघ लगायतका सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै संचार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने स्पष्ट पारे ।

‘संचार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि नेपाल पत्रकार महासंघ सहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पु¥याउने विश्वास लिएको छु ।’

त्यस अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै कोरोना भाईरसका कारण पत्रकारहरुले भोग्दै आएका समस्या, श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संघीयता अनुकूल हुने गरी संचार क्षेत्रको पुनर्संरचना गर्न ढिलाई नगर्न ध्यानाकर्षण गराएका थिए ।

जवाफमा मन्त्री गुरुङले संचार क्षेत्रमा देखिएका समस्या सरोकारवाला निकायसँग छलफल गरेर मात्रै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन तथा पत्रकारहरुको पेशागत हितको पक्षमा आफू दृढतापूर्वक लागि पर्ने पनि बताए ।

संचार क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवालासँग गम्भिर छलफल गरेर अघि बढने प्रतिवद्धता मन्त्री गुरुङले व्यक्त गरेको भेटमा सहभागी महासंघका उपाध्यक्ष दिलिप थापामगरले जानकारी दिनु दिए ।

मन्त्री गुरुङसँगको भेटमा महासंघका अध्यक्ष आचार्य, उपाध्यक्ष थापामगर, महासचिव रमेश विष्ट, सचिवद्धय रामप्रसाद दाहाल, रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष राजेश मिश्र सहभागी थिए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…