पर्वतकाे जलजलामा ‘एक घर एक पीसीआर परिक्षण अभियान शुरु’

पर्वत-पर्वतको जलजला गाउँपालिकामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि समुदायस्तरमा परिक्षणलाई व्यापक बनाइने भएको छ ।

संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेका व्यक्तिहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पीसीआर जाँच’ अभियान सुरू गरेको हो ।

गाउँपालिकाले कार्तिक ११ गते मंगलबार बाट यो अभियान सञ्चालन गरेको छ ।

‘आजैबाट अभियानको शुरुवात गरेका छौँ’ गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले भने ‘पीसीआर परिक्षणका लागि पहिलो चरणमा लक्षण देखिएका व्यक्तिहरु सम्पर्कमा आएका छन्’ अध्यक्ष मल्लले बताए ।

जलजला गाउँपालिका अन्तर्गतका करिव ५ हजार ७७ सय परिवारका सदस्यलाई परिक्षण गर्ने अभियान थालिएको उनले जानकारी दिए ।

कोभिड १९ को संक्रमणलाई सामान्य रुपमा लिन नहुने भन्दै सतर्कता अप्नाउन यसअघि पनि सु-सुचित गरिएको बताउँदै अध्यक्ष मल्लले परिक्षण अभियानलाई गाउँपालिकाको तल्लो तहदेखि माथिल्लो तहसम्म पुर्‍याउने योजना रहेको बताउनुभयो ।

आफु पनि कोभिड १९ बाट संक्रमित भई कोरोना मुक्त हुनुभएका मल्लले सर्वसााधारणको घरदैलोमै पुग्ने गरी परिक्षणकार्य अघि बढाउने बताए ।

हरेक घरमा एक जनाको स्वाब संकलन गरिएपनि कोरोना संक्रमितको परिवारका भने सबैको स्वाब संकलन गरिनेछ ।

यसअघि गाउँपालिकाबाट करिब ५ सय जनाको पीसीआर समेत गरिएको थियो ।

साभार : सन्ताेष थापा, नेपाल टिभी अनलाइन

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…