… जसलाई दशैं बन्यो दशा !

स्याङ्जा । स्याङ्जा पुतलीबजार नगरपालिका ६ का २९ वर्षीय सूर्य बहादुर गुरुङलाई यसपालिको दशैं दशा बन्यो । टीकाका दिन (कात्तिक १०) साथीहरुसँग पुतलीबजार नगरपालिका–६ दाङलिङबाट पुरीस्वरा फर्कदैँ गर्दा कोलडाँडा गुरुङको ज्यान गयो ।

घर फर्कदै गरेका उनलाई कोलडाँडामा चारजनाको समुहले आक्रमण गरी घाइते बनाए । सोही राति उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल पोखरा पु¥याइए । उनको बिहीबार राती मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

उनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीका अनुसार पक्राउ पर्नेमा पुतलीबजार–६ का ३३ वर्षीय टाउके भन्ने इन्द्रजित गुरुङ, ३४ वर्षीय गिरे प्रसाद गुरुङ, २४ वर्षीय किङकङ गुरुङ र २८ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्धामा म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…