सरकारले भन्यो– कोभिड बिरामीसँग धरौटी शुल्क नलिनू

सक्नेसँग लिने र नसक्नेलाई निःशुल्क उपचार गर्ने सरकारको निर्णय यथावत् : प्रवक्ता प्रा.डा. गौतम

काठमाडौं– सरकारले कोभिड १९ का बिरामीसँग धरौटी शुल्क नलिन सबै सरकारी अस्पताललाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा आइतबार मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले धरौटी शुल्कको सूचना निकाल्ने सबै अस्पताललाई स्पष्टिकरण सोधेको जानकारी दिए । ‘सक्नेसँग लिने र नसक्नेलाई निःशुल्क उपचार गर्ने सरकारको निर्णय यथावत् रहेको जानकारी गराउन चाहन्छु,’ उनले भने।

मन्त्रालयले होम आइसोलेसनमा रहेका कोभिड बिरामीलाई सरसल्लाह दिने, अनुगमन र रिफर गर्ने जिम्मेवारी स्थानीय तहको भएको स्मरण गराउँदै तदारुकताका साथ काम गर्न ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयले काठमाडौंसहित ठूला सहमा कोरोना संक्रमण उच्च रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

यसैबीच मन्त्रालयले कोभिडबाट मृत्यु हुनेहरुको संख्या फरक–फरक सार्वजनिक भएको भन्दै सत्य तथ्य पत्ता लगाउन तीन सदस्यीय समिति बनाएको छ । समितिमा मन्त्रालयका सहसचिव, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का प्रतिनिधि छन् ।

साभार : नेपाल टिभी अनलाइन डटकम

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…