सरकारी संचार गृहको अनुगमन गर्दै मन्त्री गुरुङले भने, ‘नागरिकलाई सही सूचना दिन कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम प्रशारण गर्न संचार माध्यामहरुलाई आग्रह गरेका छन् ।
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि जनतालाई सही सूचना दिन सरकारी संचार माध्यमहरुले विशेष भूमिका निर्वाह गर्नु पर्ने पनि स्पष्ट पारे ।

मंगलबार सरकारी संंचार माध्याम नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको काठमाडौं स्थित केन्द्रिय कार्यालयको छुट्टाछुट्टै अनुमगन गर्ने क्रममा उनले सरकारले गरेका राम्रा काम जनताको माझ लैजाने दायित्व संचार माध्यामहरुको भएको उल्लेख गर्दै त्यसमा नचुक्न पनि अनुरोध गरे ।

‘जनतालाई सही सूचना दिने दायित्व संचार माध्यमको हो,’ मन्त्री गुरुङले भने,‘त्यसका लागि सरकारी संचार माध्यामले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।’ संचारमन्त्री गुरुङले नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, गोर्खापत्र संस्थान जस्ता सरकारी संचार माध्यमलाई प्रभावकारी बनाउन एकीकृत ढंगले संचालन गर्ने योजना पनि अघि सरेको जानकारी दिए । त्यसका लागि विज्ञहरुसँग आवश्यक छलफल गरी नीति ल्याउने मन्त्री गुरुङले बताए ।

मन्त्री गुरुङले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर समाचार सम्पे्रषण गर्न पनि संचार माध्यामहरुलाई आह्वान गरे । उनले सरकारी संचार माध्याम विगतमा राजनीतिक आस्थाको गोटी बनेकाले त्यसको स्थायित्व र विकासमा समस्या देखिएको उल्लेख गर्दै अब त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

संचार मन्त्रालय सम्हालेका मन्त्री गुरुङले पहिलो पटक नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको छुट्टाछुट्टै अनुगमन गर्नु गरेका हुन् । त्यस क्रममा उनलाई नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले आ–आफनो कार्यालयमा स्वागत गरेका थिए ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

मिति : २०७८-०४-१६काठमाडौं, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान)ले मिति २०७८/०४/१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना…

नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक्ट क्लब अफ नारायणगढ, स्पाउस क्लब अफ नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड सम्युक्त आयोजना र इन्टयाक्ट क्लब अफ वाल्मीकि शिक्षा…

Heel Pain / Plantar Fasciitis /कुर्कुच्चा / पैताला दुखाई र…

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल…

Project TO2gether: सिद्दार्थनगर नगरपालिकामा अवस्थित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनट्रेटर सहयोग

रोट्यार्याक्ट क्लब अफ काठमाडौ र रोट्यार्याक्ट क्लब अफ अलुम्नी अफ युनिभर्सिटी अफ मोराटोवाको संयुक्त पहलमा एउटा र रोटरी क्लब अफ काठमाण्डुको सहयोगमा एउटा गरि रोट्यार्याक्ट…