नेकपा सचिवालय बैठक बोलाउन सामूहिक आग्रह गरिने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यको अनौपचारिक बैठकले पार्टीभित्र पछिल्ला दिनमा देखिएका समस्या समाधानका लागि सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा आग्रह गर्ने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयोजना गरेकाे अनौपचारिक बैठकले पार्टी र सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउन र पछिल्ला दिनमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्ने गरी सचिवालय तथा अन्य निकायको बैठक बोलाउन सामूहिक रुपमा आग्रह गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

कार्यकारी अध्यक्षले नै औपचारिक बैठक बोलाउन सक्ने भए पनि सहमतिका आधारमा अगाडि बढ्न अध्यक्ष ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठको भनाइ थियो । दाहालसहित सचिवालयका पाँच सदस्यले शनिबार सामूहिक रुपमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेटेर बैठक बोलाउन आग्रह गर्ने उनले जानकारी दिए ।

पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउने, अहिलेसम्मको कामको समीक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाउन अनुरोध गरिने उनले बताए।

साभार : नेपाल टिभीअनलाइन

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…