मन्त्री अर्यालद्वारा गृह जिल्लाका विकास निर्माण आयोजनाहरुको निरिक्षण

स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार र शनिबार स्याङ्जाका विकास निर्माणका आयोजनाहरुको निरिक्षण गरेकी छन् । मन्त्री अर्यालले वालिङ र चापाकोटका निर्माणाधीन आयोजनाहरुको निरिक्षण गरेकी हुन् । उनले वालिङ, सुर्कौँदी, अमले हुँदै स्वरेक मैदान जाने सडकको निरिक्षण गरेकी हुन् ।

कालोपत्रे निर्माण कार्य जारी रहेको सडकको निरिक्षण गर्दै मन्त्री अर्यालले पहिलो चरणमा ५ किलोमिटर र बाँकी ९ किलोमिटर समेत कालोपत्रे गर्ने सरकारको रणनीती रहेको मन्त्री अर्यालले बताइन् । स्वरेक मैदानसम्म सडक कालोपत्रे गरी यहाँको पर्यटकीय स्थलमा समेत भौतिक विकास गरी पर्यटनलाई विकास गर्ने मन्त्री अर्यालको भनाई छ । त्यस्तै वालिङ ११ डौँवाको खानेपानी समस्यालाई छिट्टै समाधान गर्ने मन्त्री अर्यालले प्रतिवद्धता व्यक्त गरिन् । डौँवाका ५ सय घरधुरीलाई सहज रुपमा खानेपानी पु¥याउन छिट्टै योजना ल्याउने उनले बताइन् ।

यसैगरी मन्त्री अर्यालले चापाकोट नगरपालिकामा निर्माणाधीन विकास आयोजनाहरुको समेत निरिक्षण गरेकी छन् । मन्त्री अर्यालले चापाकोटको सिटि हल, भ्यु टावर, बसपार्क, बहु प्राविधिक शिक्षालयको निरिक्षण गरेकी छन् । चापाकोटमा ३०० जना क्षमताको सिटिहल निर्माणाधीन अवस्थामा रहेको छ । बहुवर्षिय योजना अन्र्तगत सिटि हल निर्माणका लागी आर्थिक वर्ष २०७६/०७७ मा २ करोड चालू आर्थिक वर्ष २०७७/७८ मा १ करोड गरी ३ करोड रकम निकासा भईसकेको छ । सिटि हल २०७७ फाल्गुन २१ गते भित्र भ्याट बाहेक ३ करोड ६९ लाख ३७ हजार ५ सय ४४ मा सम्झौता भएको हो । कोभिडको संक्रमणमा गरिएको लकडाउनका कारणले योजना सम्झौता समयमै नहुँने भएको छ ।

अनुगमनका क्रममा मन्त्री अर्यालले आयोजना समयमै सम्पन्न नगर्ने प्रवृत्ति विकास विरोधि प्रवृत्ति भएको बताइन् । यो वर्ष कोरोनाको संक्रमणका कारण धेरै आयोजनाहरुलाई प्रभाव पारेपनि अव कोरोनासंग जुध्दै विकास निर्माणलाई समेत अगाडि बढाउनुपर्ने जोड दिइन् । यसअघि मन्त्री अर्यालले मालपोत कार्यालय र नापी कार्यालय स्याङ्जाको अनुगमन गरेकी थिइन् ।

कर्मचारीहरुलाई जनताको सेवामा खटिन निर्देशन दिँदै मन्त्री अर्यालले मालपोत नापी कार्यालय स्थानीयलाई तहलाई हस्तान्तरण गर्ने कार्य स्याङ्जाबाट शुरुवात गर्ने भन्दै सोही अनुसार काम गर्न निर्देशन दिएकी थिइन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…