मन्त्री गुरुङले पत्रकारहरुलाई भने, ‘सभ्य समाजका लागि सही सूचना प्रशारण र प्रकाशन गर्नु’

काठमाडाैं । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा नकारात्मक सन्देश फैल्याउने खालका समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले सधैं विरोध, आलोचना र नकारात्मक सन्देश फैल्याउने खालका समाचारले सभ्य र समृद्ध समाज निर्माणमा अवरोध खडा गर्ने उल्लेख गर्दै त्यस्ता खालका समाचार सम्प्रेषण गर्न नहुने स्पष्ट पारे ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी नेतृत्वको दोलखाली पत्रकारहरुको टोलीसँग बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा उनले तथ्यहिन समाचारले समाजलाई बिग्रहको बाटोतर्फ समेत लैजाने खतरा रहेको औंल्याउँदै त्यसतर्फ सञ्चार माध्यमहरुले सचेत हुनुपर्ने बताए ।

‘राजनीतिक आग्रह/पूर्वाग्रह राखेर तथ्यहिन ढंगले समाचार सम्प्रेषण गर्दा त्यसले समाजमा विग्रहको अवस्थासमेत ल्याउने गर्दछ,’ मन्त्री गुरुङले भने,’ ‘त्यसकारण सधैं विरोध, आलोचना र नकारात्मक खालका सन्देश समाजमा प्रवाह हुने गरी समाचार सम्प्रेषण गर्न हुन्न ।’ उनले सञ्चार क्षेत्रलाई मर्यादित र जिम्मेवार बनाउने गरी सञ्चार नीति ल्याउने सोच अघि सारेको उल्लेख गर्दै त्यसका लागि सम्वद्ध सबै पक्षलाई सुझाव दिन पनि आह्वान गरे ।

भेटमा प्रेस युनियनका महासचिव शिवाकोटी लगायतका पत्रकारहरुले कोभिड–१९ बाट प्रभावित श्रमजीवि पत्रकारहरुलाई उचित राहतको व्यवस्था गर्न मन्त्री गुरुङसँग माग गरेका छन ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…