भुमि मन्त्री अर्यालले भनिन्–ओली सरकारको विकल्प छैन

स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छन् । आईतबार वालिङ –१२ को छापा कौलाशे लिफ्टिङ खानेपानी उप–योजनाको शिलान्यास गर्दै त्यस्तो बताएकी हुन् ।

मन्त्री अर्यालले पार्टीभित्र चलिरहेको विवादलाई लिएर सरकारको भविष्य के हुन्छ भनेर प्रश्न उठ्ने गरेको भन्दै तर, अहिले ओली सरकारको विकल्प नरहेको र यसमा दुविधा नहुन आग्रह गरिन् ।
मन्त्री अर्यालले भनिन्, ‘नेकपाभित्रको विवादलाई लिएर सरकारको भविष्य माथि के हुन्छ भन्ने प्रश्नहरु उठेका छन् । यसमा कुनै दुविधा छैन् । ओली सरकारको विकल्प छैन् ।’

वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहने भन्दै मन्त्री अर्यालले ओली सरकारले नै देशलाई परिर्वतन गर्ने दिशामा अगाडी बढेको दाबी गरिन् । कम्युनिष्ट पार्टी एक गतिशिल पार्टी भएकाले छलफल र विवाद स्वभाविक भएको उनको भनाई थियो ।

‘पार्टीभित्र बहस घनिभूत रुपमा चल्छ तर, पार्टी फुट्ने कुरा हुँदैन् । दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सदस्यहरुको तहमा प्रतिवेदन पुगेको छ । बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै संभावना छैन्’, उनले भनिन् । तातोपानीले घर नजल्ने भन्दै मन्त्री अर्यालले कम्युनिष्ट पार्टी एक ढिक्का रहने दावी गरिन् ।

‘जनताको चाहनाले दुई ठुला पार्टी एक भएकाले जनता पार्टी फुटोस भन्ने चाहँदैनन्’, मन्त्री अर्यालले भनिन्, ‘जनता कम्युनिष्ट सरकारको विकास अनुभुत गरिरहेका छन् । यही सरकारको निरन्तरता जनताको पनि चाहाना हो ।’

सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्य हाँसिल गर्ने उद्देश्यका साथ जनताको आधारभुत आवश्यकता पुरा गर्न अगाडि बढेको मन्त्री अर्यालले बताइन् । जनताको आधारभुत आवश्यकता स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आवश्यकतालाई परिपुर्ती गर्न विभिन्न योजनाका साथ अगाडि बढेको उनले बताइन् ।

‘प्रत्येक घर–घरमा धारा र शौचालय पु¥याउने योजनाका साथ हामी अगाडि बढेका जानकारी दिँदै मन्त्रीले अर्यालले जनता अब डोको र नाम्लोबाट मुक्त हुने र घर घरमा धारा जडान हुने बताइन् ।
४३ करोडको खानेपानी योजना अन्र्तगत वालिङ नगरपालिकाका विभिन्न वडाहरुमा गरी ९ खानेपानी उप–योजनाहरु सञ्चालन हुनेछन् । त्यही योजना अन्र्तगत मन्त्री अर्यालले आईतबार छाप कौलाशे लिफ्टिङ उपयोजना, सिर्सेकोट लिफ्टिङ उपयोजना, डुडखोला खानेपानी उपयोजना र अधेरीखोला लंकाकोट अर्लुङ भोर्ले उपखानेपानी योजनाको शिलन्यास गरेकी हुन् । यी ४ योजना बाहेक वालिङ १, त्रियासीमा खानेपानी उपयोजना निर्माण शुरु भएको छ भने, पेखु, पाठखोला, मिर्दि, बाँकी रहेका छन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…