प्रतिगमनकारी र प्रतिक्रियावादी शक्तिहरुले चलखेल गरेः सञ्चार मन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले पछिल्लो समय सरकारको स्थायित्वमाथि आक्रमणका प्रयासहरु हुँदा मुलुकमा प्रतिगमनकारी र प्रतिक्रियावादी शक्तिहरुले चलखेल गर्न लागेको बताएका छन् ।।

नेपाल आर्थिक पत्रकार संङ्घले आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङ्गले केही शक्तिहरुले सरकारप्रति असन्तुष्टि र विरोध सृजना गर्दा प्रतिगमकारी तत्वहरुलाई सहयोग पुगेको बताए ।

पछिल्ला केही घटनाक्रमहरुले सत्तापक्ष भित्रैबाट पनि समृद्ध नेपाल निर्माणको आकांक्षामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आक्रमण भइरहेको मन्त्री गुरुङ्गको भनाइ थियो । मुलुकको स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दल एकतावद्ध हुनुपर्नेमा उनले जोड दिए । ।

मन्त्री गुरुङ्गले पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सहयोग गर्न आग्रह गर्दै कोभिड–१९ सँगै ओरालो लागेको मुलुकको आर्थिक अवस्था उकास्ने गरी सत्यसथ्य समाचार प्रकाशन/प्रसारण गर्नुपर्ने बताए ।

स्रोत नेपाल टिभीअनलाइन

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…