महिला राष्ट्रिय फुटबल लिग : वालिङ र पुलिस क्लबबीचको खेल बराबरीमा सकियो

महिला राष्ट्रिय फुटबल लिगमा मंगलबार वालिङ नगरपालिका र नेपाल पुलिस क्लबबीचको खेल एक-एक गोलको बराबरीमा सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा माघ ७ गतेबाट काठमाडौंमा शुरु भएको प्रतियोगितामा वालिङले दोस्रो हाफको ८ औं मिनेटमा गोल गरेर अग्रता कायम गरेको थियो । वालिङको अग्रतालाई १२ औं मिनेटमा पुलिसले गोल गरेर बराबरी भएको हो ।

उक्त प्रतियोगितामा वालिङकी अमिशा कार्की उत्कृष्ट खेलाडीकोरुपमा घोषित भएकी छिन्। उत्कृष्ट खेलाडीलाई वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । वालिङ नगरपालिकाले माघ १५ गते बिहीबार उदयपुरको चौदण्डगढी नगरपालिकासित प्रतिस्पर्धा गर्ने छ । एक महिनासम्म जारी रहने प्रतियोगितामा वालिङ नगरपालिकासहित विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।

प्रतियोगितामा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमलाई क्रमशः १५ लाख, ८ लाख र ५ लाख पुरस्कार दिने एन्फाले जनाएको छ । त्यस्तै, उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार दिने बताइएको छ । यस्तै, बेस्ट प्लेयर अफ द लिगले स्कुटर प्राप्त गर्नेछन् । हरेक टिममा २३ खेलाडी र सात अफिसियल गरी ३० जना रहने छन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

मिति : २०७८-०४-१६काठमाडौं, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान)ले मिति २०७८/०४/१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना…

नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक्ट क्लब अफ नारायणगढ, स्पाउस क्लब अफ नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड सम्युक्त आयोजना र इन्टयाक्ट क्लब अफ वाल्मीकि शिक्षा…

Heel Pain / Plantar Fasciitis /कुर्कुच्चा / पैताला दुखाई र…

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल…

Project TO2gether: सिद्दार्थनगर नगरपालिकामा अवस्थित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनट्रेटर सहयोग

रोट्यार्याक्ट क्लब अफ काठमाडौ र रोट्यार्याक्ट क्लब अफ अलुम्नी अफ युनिभर्सिटी अफ मोराटोवाको संयुक्त पहलमा एउटा र रोटरी क्लब अफ काठमाण्डुको सहयोगमा एउटा गरि रोट्यार्याक्ट…