समृद्धिका लागि नेपाल टेलिभिजनको भूमिका झनै महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि नेपाल टेलिभिजनको भूमिका झनै महत्वपूर्ण रहेको बताएको छ ।

३६ औं वार्षिकोत्सवका अवसरमा शनिबार भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका काम र अभियानलाई जनतासमक्ष पुर्‍याउन नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण रहेको बताए । ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्नका लागि विभिन्न माध्यमबाट प्रयास अगाडि बढाइरहेका छौं,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘ती प्रयास जनतासमक्ष पुर्‍याउन र जनतासमक्ष जोड्न नेपाल टेलिभिजनले आगामी दिनमा अझ महत्वपूर्ण भूमिका खेल्न सक्ने महसुस गरेको छु ।’

नेपाल टेलिभिजनका विगतका वर्षहरु सफलताका वर्षहरु रहेको प्रधानमन्त्रीको भनाइ थियो । ‘विगतका गौरवका वर्षहरु रहे,’ उनले भने, ‘विकासका लागि सञ्चार नारा लिएर अगाडि बढेको नारालाई सार्थक पार्ने प्रयास सराहनीय छन् ।’

नेपाल टेलिभिजनका सबै च्यानल र सबै क्षेत्रीय प्रसारणले नेपालको बहुआयामिक संस्कृति, कला साहित्य र जनजीवनका आफ्नो योगदानलाई प्रभावकारी बनाउन योगदान दिने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । सरकारले नेपालको आफ्नै भूउपग्रह जडान गर्ने र त्यसमार्फत प्रविधिको क्षेत्रलाई अगाडि बढाउने योजना बताएको बताउनुभयो । ‘त्यसबाट नेपाल टेलिभिजनले थप लाभ लिनेछ,’ उनले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनका आगामी दिन अझ ठूलठूला सफलता प्राप्त गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै नेपाली जनतामा सूचना, जानकारी, जागरण र मनोरञ्जन पुर्‍याउने कार्यको प्रशंसा गरे।

स्राेत : नेपाल टिभी अनलाइन

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…