२०८० मंसिर १६ शनिबार

महिला राष्ट्रिय फुटबल लिग : वालिङद्वारा चन्द्रपुर ३–० ले पराजित

महिला राष्ट्रिय फुटबल लिगमा मंगलबार वालिङ नगरपालिका बिजयी भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको खेलमा वालिङले रौतहटको चन्द्रपुर नगरपालिकालाई शुन्यका विरुद्ध तीन गोल गरी जीत दर्ता गरेको हो । वालिङ नगरपालिकाले पहिलो हाफको ३७ र ४५ मिनेट तथा दोस्रो हाफको ५४ औं मिनेटमा गोल गरेर तीन शुन्यको नतिजा निकालेको हो । वालिङका लागि विदेशी खेलाडीद्वय मेथो रुथले दुई र टोटा नोईल्लीले एक गोल गर्नुभएको थियो । टोटाले खेलको ३७ औँ मिनेटमा गोल गर्दा मेथोले ४५ र ५३ औं मिनेटमा गोल दुई गोल गरेपछि वालिङले चन्द्रपुरलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

यो जितसँगै वालिङ ६ खेलमा आठ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पाँच वटा हार बेहोरेको चन्द्रपुर ३ अंकसहित छैटौं स्थानमा रहेको छ । प्रतियोगितामा वालिङ नगरपालिकासहित विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।

२०७७ माघ २०, मंगलवार २१:४६ गते 0 Minutes 409 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार