‌‌‍‍बृहत आमसभा : चार नेताले सम्बोधन गर्ने

काठमाडौं, माघ २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज काठमाडौंको दरवारमार्गमा निर्वाचनको पक्षमा जनमत बनाउन शक्ति प्रदर्शन गर्नेभएको छ । मध्यान्ह १२ बजेदेखि शुरु हुने आमसभामा सो दलका शीर्ष नेतृत्वले सम्बोधन गर्ने बताइएको छ ।

नेकपा बागमति प्रदेश स्तरीय आमसभाले नागरिकमा निर्वाचनबारे सन्देश प्रवाह गर्ने विश्वास सो दलले गरेको छ । बागमति प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलकाअनुसार दिउँसो हुने बृहत आमसभाको सबै तयारी पूरा भएको र आमसभालाई अध्यक्ष केपी शर्मा ओली, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा बादल र सत्यनारायण मण्डलले सम्बोधन गर्ने कार्यसूची बनाइएको छ ।

आमसभा अघि आज विहान ११ बजेदेखि काठमाडौंको विभिन्न स्थानबाट ¥याली निकाल्ने तयारी गरिएको छ । नेता पोखरेलकाअनुसार बागबजार, प्रदर्शनीमार्ग, न्यूरोड, भृकुटीमण्डप, त्रिपुरेश्वर, महेन्द्र शालीक, वसन्तपुर, घण्टाघर, पुतलसीडक, सुन्धारा, गौशला, माइतीघर, लैनचौर, सा्ह्रखुट्टे, टेकु, ज्ञानेश्वर, पुरानो बानेशवरबाट ¥याली निकाल्ने तयारी भएको छ । ¥याली नारायणहिटी संंग्रहालय अगाडि गएर कोणसभामा परिणत हुनेछ ।

मञ्चको तयारी तीन कुना भएको हाईटेक आकारमा बनाइएको नेता पोखरेलले जानकारी दिए । उहाँकाअनुसार मञ्चको देब्रेपट्टि नक्सालको नागपोखरी खण्ड, दाहिने पट्टि ठमेल क्षेत्र र दक्षिण तिर त्रिचन्द्र कलेज घण्टाघर खण्ड रहने छ । सर्वसाधारणलाई नेताको कुरा सुन्न सहजताका लागि विभिन्न ठाउँमा डिजिटल स्क्रिनको व्यवस्थापन गरिएको पोखरेलले बताए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…