
काठमाडौं, माघ २३ गते । नेपाल क्रिकेट संघ(क्यान)ले इन्डियन प्रिमियर लिग(आईपीएल)को आगामी संस्करणको निलामी प्रकृयामा सहभागी गराउन आठ जना खेलाडी सूचीकृत गराएको छ । फेब्रुअरी १८ मा आईपीएलको आगामी संस्करणका लागि खेलाडीहरुको निलामी प्रकृया सुरु हुनेछ ।
आईपीएलमा खेलाडी सूचीकृत गर्ने म्याद शुक्रबारसम्म रहेको थियो । जस बमोजिम एक हजार ९७ जना खेलाडी सूचीकृत भएका छन् । भारतबाट २१ जना विदेशका १८६, अशोसिएट राष्ट्रका २७, आइपीएलमा पहिलो पटक सहभागी हुने भारतीय ५० जना, पहिलो पटक सहभागी हुने विदेशी खेलाडी ६८ जना तथा भारतका ७४३ जना खेलाडी पहिलो पटक निलामी प्रकृयामा सूचीकृत भएको आईपीएलले जनाएको छ ।
क्यानका सचिब अशोकनाथ प्याकुरेलले प्रिमियर लिगको आगामी संस्करणमा सहभागी हुन सन्दीप लामिछाने र बिनोद भण्डारीसहित आठ जना खेलाडीको नाम पठाइएको जानकारी दिएका छन् । आठै जना खेलाडी सूचीकृत भएका छन् । लामिछाने र भण्डारी अतिरिक्त करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दिपेन्द्रसिंह ऐरी रहेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।