महिला राष्ट्रिय फुटबल लिग: वालिङद्वारा पुलिस क्बल १–० ले पराजित

काठमाडौं, माघ २५ गते ।

महिला राष्ट्रिय फुटबल लिगमा आईतबार वालिङ नगरपालिका बिजयी भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको खेलमा वालिङले नेपाल पुलिस क्लबलाई शुन्यका विरुद्ध एक गोल गरी जीत दर्ता गरेको हो ।

वालिङ नगरपालिका र पुलिसबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । वालिङले दोस्रो हाफको ५८ औं मिनेटमा गोल गरेर एक शुन्यको नतिजा निकालेको हो । वालिङका लागि उक्त गोल नै जितका लागि निर्णायक गोल बन्न पुगेको प्रशिक्षक दिलीप थापाले बताऐ । आजको खेलमा वालिङका लागि विदेशी २३ नं. जर्सीकी खेलाडीले उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भइन् ।

यसअघि पहिलो चरणको खेलमा वालिङ र पुलिसबीचको खेल एक÷एक गोलको बराबरीमा सकिएको थियो भने दोस्रो चरणको आजको खेलमा वालिङले जीत निकालेको हो ।

प्रतियोगितामा वालिङ नगरपालिकासहित विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।

भर्खरै प्रकाशित

बीरगन्ज-६ को वडाध्यक्षमा अग्रवाल: पदभार ग्रहण नगर्दै काम सुरु

वीरगञ्ज, ७ जेठ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का नवनिर्वाचित वडाअध्यक्ष जयप्रकाश साह अग्रवालले पदभार ग्रहण नगर्दै काम शुरु गरेका छन् । लोकतान्त्रिक समाजवादी…

राजेशमानको गृहवडामा जसपाबाट स्वर्णकार विजयी

वीरगञ्ज – वीरगञ्ज   महानगरपालिका  वडा  नम्बर ३ छपकैयामा  वडा  अध्यक्ष  पदमा  बैजुलाल स्वर्णकार दोहोरिएका छन् । अघिल्लो निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित स्वर्णकार…

बिन्दवासिनीको अध्यक्षमा लोसपाका प्रमोद तिवारी विजयी

वीरगञ्ज – बिन्दवासनी गाउपालिकाको अध्यक्षमा लोसपाका उम्मेदवार  प्रमोद तिवारी विजयी भएसंगै पर्सामा लोसपाको जितको खाता खुलेको हो ।गाउँपालिका अध्यक्षमा लाेसपाका उम्मेदवार तिवारी ४ हजार १…

एमालेको गढ भत्काउँदै जसपाको एतिहासिक जित

वीरगञ्ज, ३ जेठ । कम्युनिष्टको किल्ला मानिने वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा जनता समाजवादी पार्टी (जसपा) को ऐतिहासिक जित भएको छ । झण्डै साढे…

६ वटै महानगरपालिकामा मतगणना सुरु हुँदै

काठमाडौं । सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा आज बिहानदेखि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु हुँदैछ…