कालिमाटी तरकारी बजारमा कृषिमन्त्री अर्यालको छड्के

बजार व्यवस्थितका लागि विशेष योजना तयार गर्न बजार बिकास समितिलाई निर्देशन

काठमाडौं, माघ २७ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छन । मंगलबार कालिमाटीस्थित तरकारी बजारमा पुगेर अनुगमन गर्दै त्यहाँको बजारको वस्तुस्थितीको बारेमा जानकारी लिएकी हुन् ।

अनौपचारिक पोशाकमा तरकारी बजार पुगेकी मन्त्री अर्यालले तरकारी बजारको स्टल र सरसफाइ कार्यलाई व्यवस्थित गर्न कार्य तालिका र कार्यान्वयनको अवस्था लिएर फागुन १ गते मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिइन् । केही कर्मचारीसहित कालीमाटी बजार अनुगमन गर्न पुग्नुभएकी मन्त्री अर्यालले तरकारी, माछा, स्टलको भाडा, मूल्य र स्टललगायतका बारेमा जानकारी लिएकी थिइन् ।फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै मन्त्री अर्यालले मन्त्रालय र बजार समितिबिच छलफल गरी तत्काल एउटा निश्कर्षमा जाने समेत बताइन् ।

मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउदै उनले किसानको पसिनाको उचित मुल्य प्राप्त गर्नुपर्ने वातावरण निर्माण गरिने बताइन् । बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको भन्दै मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने बताइन् ।

उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा विक्रि हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने मन्त्री अर्यालको भनाई थियो । भोलीका दिनमा जुनसुकै परिस्थिति आउँदापनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने भन्दै उनले किसानलाई मलको अभाव हुन नदिने बताइन् । उनले भनिन्, ‘अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त छ । हामीले किसानलाई मलको व्यवस्था गरिसकेका छौ । किसानहरुले सहज ढंगले मल प्राप्त गर्नुभएको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…