गरिमा बिकास बैंकको अध्यक्षमा बस्याल, को हुन् नवनिर्वाचित अध्यक्ष बस्याल ?

पोखरा, फागुन १ गते । गरिमा बिकास बैंकको सञ्चालक समितिका अध्यक्षमा श्यामप्रसाद बस्याल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा सम्पन्न बैंकको १४ औं सभाबाट बस्याल निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी सञ्चालक समिति सदस्यहरुमा डा. आनन्द प्रसाद श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् ।
सभाले संस्थापक शेयरधनी समूहतर्फ ३ जना र सर्वसाधारण शेयरधनी समूहतर्फबाट ३ जना गरि बनेको ६ जनाको संचालक समितिको पहिलो बैठकले बस्याललाई अध्यक्ष निर्वाचित गरेको थियो ।

को हुन् नवनिर्वाचित बस्याल ?
बस्यालको स्थायी ठेगाना स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ३ गल्याङ बजारमा हो । स्थापनाकालदेखिनै बैंकमा आबद्ध छन् । बैंकको संञ्चालक समिति सदस्य हुैदै हाल अध्यक्ष निर्वाचित भएका छन् ।

उनी पेट्रोलिय पदार्थको व्यवसायी हुन् । सामाजिक र राजनीतिक क्षेत्रमा पनि क्रियाशिल रहदै आएका छन्।

भर्खरै प्रकाशित

रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

मिति : २०७८-०४-१६काठमाडौं, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान)ले मिति २०७८/०४/१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना…

नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक्ट क्लब अफ नारायणगढ, स्पाउस क्लब अफ नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड सम्युक्त आयोजना र इन्टयाक्ट क्लब अफ वाल्मीकि शिक्षा…

Heel Pain / Plantar Fasciitis /कुर्कुच्चा / पैताला दुखाई र…

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल…

Project TO2gether: सिद्दार्थनगर नगरपालिकामा अवस्थित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनट्रेटर सहयोग

रोट्यार्याक्ट क्लब अफ काठमाडौ र रोट्यार्याक्ट क्लब अफ अलुम्नी अफ युनिभर्सिटी अफ मोराटोवाको संयुक्त पहलमा एउटा र रोटरी क्लब अफ काठमाण्डुको सहयोगमा एउटा गरि रोट्यार्याक्ट…