रोट्रायक्ट क्लब अफ युनाइटेड् बीरगन्जद्वारा ३० परिवारलाई राहत वितरण

रोट्रायट क्लब अफ युनाईटेड बीरगन्जले राहत वितरणलाई निरन्तरता दिएको छ । निषेधाज्ञाका कारण खाँचोमा परेकाहरुलाई आवश्यक खाद्यान्न सहयोग गर्दै क्लबले राहत वितरणलाई निरन्तरता दिएको हो ।

मंगलबार क्लबले बारा जिल्लाको कलैया स्थानमा रहेका ३० घर परिवारलाई राहत बाँडेको हो । ५ किलो चामल, १ लिटर खाने तेल, १ किलो नुन, दाल १ किलो, सोयाबिन ५०० ग्राम , आलु १.५ किलो र प्याज १ किलो गरि विभिन्न सामाग्रीहरु सहितको राहत क्लबले बाँडेको जानकारी गराएको छ । क्लब का अध्यक्ष सन्दिप राज ओझा, कोषाध्य्ष अमित सराफ, विक्की शर्मा, सौरभ गोयल तथा क्लब का अन्य सदस्यको टोलीले निषेधाज्ञाबात प्रभावित भएकाहरु को सहायताको लागि राहत बादी रहेका छन् ।

क्लबका कोषाध्क्ष अमित सर्राफका अनुसार निषेधाज्ञा जारी रहेसम्म नगर क्षेत्रमा खाँचोमा परेकाहरुको सहयोगका लागि आफुहरु तत्पर रहने जानकारी गराए । यसअघि क्लबले विभिन्न स्थाहरू जस्तै वीरगन्ज, निजगढ, पथलैया, सिमरा, जीतपुर, परवानीपुरमा राहत वितरण गरेको थियो ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…