
रोट्रायट क्लब अफ बीरगन्ज मेट्रोपोलिसले राहत वितरणलाई निरन्तरता दिएको छ । निषेधाज्ञाका कारण खाँचोमा परेकाहरुलाई आवश्यक खाद्यान्न सहयोग गर्दै क्लबले राहत वितरणलाई निरन्तरता दिएको हो । सोमबार क्लबले बीरगन्जको अलौं, ड्राईपोर्ट, पानिट्यांकी, प्रगतीनगर, पिपरा, गणेशमान चौक, जेल चौकलगायतका स्थानमा रहेका ५५ घर परिवारलाई राहत बाँडेको हो ।

१५ किलो चामल, १ लिटर खाने तेल, १ किलो नुन, मसलाहरु १ प्याकेट, दाल १ किलो, सर्फ १ किलो, चना १ किलो, पिठो २ किलो र साबुन २ वटा गरि विभिन्न सामाग्रीहरु सहितको राहत क्लबले बाँडेको जानकारी गराएको छ । रोट्रायक्ट जोन १३ का जेडआरआर प्रकाश कर्ण, रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसका सह सचिव दिपु वर्णवाल, सामुदायिक सेवा निर्देशक निश्चल प्रजापति, सदस्य रोहितलगायतकाको टोलिले निषेधाज्ञाबाट प्रभावित भएकाहरुको सहायतका लागि राहत बाँडिरहेका छन् ।

क्लबका सह सचिव दिपु वर्णवालका अनुसार निषेधाज्ञा जारी रहेसम्म नगर क्षेत्रमा खाँचोमा परेकाहरुको सहयोगका लागि आफुहरु तत्पर रहने जानकारी गराए । उनका अनुसार समुदायमा आईपरेको समस्याको समाधान सामुहिक प्रयासबाट सम्भव छ । यसअघि क्लबले शनिबारपनि महानगरका विभिन्न वडाहरुमा राहत वितरण गरेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।