२०७९ मंसिर १७ शनिबार

रोटर्याक्ट कावासोतीद्वारा “सडक सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम” सम्पन्न

आज मिति २०७८ जेष्ठ १० गते सोमबारका दिन रोटर्याक्ट क्लव अफ कावासोतीको आयोजना तथा मध्यबिन्दु बहुमुखी क्याम्पसको सहयोगमा “सडक सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम” भर्चुअल जुम एपको माध्यमबाट सम्पन्न भएको छ ।

आजको कार्यक्रममा नवलपुर जिल्लाका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर नारायन थापा लगायत उहाँको टीमले पहिलेको तुलनामा अहिलेको ट्राफिक प्रहरीको अवस्था, वर्तमान लक डाउनको समयमा ट्राफिक प्रहरीको भुमिका, परिवर्तित नीति नियम, आउने दिनका भावी योजनाहरु, सामाजिक संस्थासँगको सहकार्य लगायतका विषयमा जानकारी दिनु भएको थियो । कार्यक्रममा मध्यबिन्दु बहुमुखी क्याम्पसका प्रमुख मुक्ति राम पाण्डेज्यूले अहिलेको समयमा रोटर्याक्ट क्लव अफ कावासोतीले आयोजना गरेको यश किसिमको कार्यक्रम एक दमै प्रभावकारी भएको र यश कार्यक्रममा मध्यबिन्दु बहुमुखी क्याम्पसले पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो । त्यसै गरी सोही क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेश मान गिरी, विष्णु प्रसाद लम्साल ज्यूले पनि आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको रोटर्याक्ट क्लव अफ कावासोतीको अध्यक्ष परमानन्द गौतमले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमको अन्त्यमा क्लबका सचिव शेष नारायन पौडेलले उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । आजको कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले आजको कार्यक्रम सञ्चालन गर्न ट्राफिकलाई व्यवस्था गर्नु भएको थियो ।

२०७८ जेष्ठ १२, बुधबार ०९:०९ गते 0 Minutes 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?