अत्याधुनिक सि.टि. स्क्यान सेवा बुटवलमा सुरु

बुटवलको अस्पताललाईनमा अत्याधुनिक सि.टि. स्क्यान सेवा सुरु गरिएको छ । यस क्षेत्रका स्वास्थ्य सेवामा लामो समय काम गरेका युवा व्यबसायीहरुको लगानीमा अत्याधुनिक सि.टि. स्क्यान सेवा सुरु गरिएको हो ।
४ करोड भन्दा बढी लगानीमा सञ्चालन गरिएको ‘रुपन्देही सि.टि. एण्ड डायग्नोसिस सेन्टर प्राली’मा राखिएको सि.टि. स्क्यान मेसिन ३२ सलाईसको हो । यसले उच्च क्वालीटीको फिचर स्क्यान गर्ने सञ्चालक दीपु केसीले बताउनु भयो ।
होलबडी सि.टि. स्क्यान, एन्जीयोग्राम, त्रिपलफेस लिभर स्क्यान, थ्रीडी, कलर स्क्यान लगायत सबैप्रकारका सि.टि. स्क्यान तथा क्यान्सर स्कृनिङ् समेतको विशेषता भएको अर्का सञ्चालक रमेल लम्सालले बताउनु भयो । बिरामीको स्वास्थ्य सेवामा अभाव पूर्तिका लागि उच्च प्रविधियुक्त अत्याधुनिक सि.टि. स्क्यान सेवा सुरु गरिएको सञ्चालक महेश पौडेलले जानकारी गराउनु भयो ।
बिरामीको स्वास्थ्यलाई ध्यानमा राखेर रेडियसन (विकिरण) कम उत्पन्न गर्ने मेसिन ल्याएको छ । अत्याधुनिक र उच्च गुणस्तरयुक्त भएकाले ईमेज राम्रो आउने छ भने विकिरण समेत कम उत्पन्न हुने भएकाले स्वास्थ्यमा समेत कम असर गर्ने वरिष्ठ रेडियोलोजिष्ट डा. सुरेश थापा बताउनु हुन्छ ।
गुणस्तरयुक्त प्रष्ट ईमेज आउने भएकाले बिरामीको डायग्नोसिस (उपचार)मा समेत डाक्टर चिकित्सकलाई सहज हुने अर्का वरिष्ठ रेडियोलोजिष्ट डा. अभिषेकमान बज्राचार्यले बताउनु भयो । अत्याधुनिक, उच्च गुणस्तर र दक्ष जनशक्तिको त्रिकोणात्मक सम्बन्धका कारण सेवा पनि चुस्त हुने सञ्चालकहरुले विश्वास गरेका छन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

मिति : २०७८-०४-१६काठमाडौं, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान)ले मिति २०७८/०४/१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना…

नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक्ट क्लब अफ नारायणगढ, स्पाउस क्लब अफ नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड सम्युक्त आयोजना र इन्टयाक्ट क्लब अफ वाल्मीकि शिक्षा…

Heel Pain / Plantar Fasciitis /कुर्कुच्चा / पैताला दुखाई र…

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल…

Project TO2gether: सिद्दार्थनगर नगरपालिकामा अवस्थित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनट्रेटर सहयोग

रोट्यार्याक्ट क्लब अफ काठमाडौ र रोट्यार्याक्ट क्लब अफ अलुम्नी अफ युनिभर्सिटी अफ मोराटोवाको संयुक्त पहलमा एउटा र रोटरी क्लब अफ काठमाण्डुको सहयोगमा एउटा गरि रोट्यार्याक्ट…