निःशुल्क खाना बितरण कार्यक्रमको आज चौथो दिन ।

भोकालाई भोजनको हाम्रो अभियान जारी छ। निःशुल्क खाना बितरण कार्यक्रमको आज चौथो दिन । रोटरी क्लब अफ मकवानपुर / रोट्राक क्लब अफ मकवानपुरको सक्रियतामा रोटरी क्लब अफ मकवानपुर स्थापनामा प्रमुख भूमिका निर्वाह गर्नुभएका पञ्चसिद्धि फाउण्डेसनका आदरणीय सिद्धिलाल श्रेष्ठ ज्यूको विशेष सहयोग र अन्य आदरणीय व्यक्तित्वहरुको साथमा आज मिति २०७८ साल जेठ १५ गते चौथो दिन हेटौंडा–४, हुप्रचौरमा निशूल्क खाना खुवाउने कार्यक्रमले निरन्तरता पाएको छ ।

आज चौथो दिन हुप्र चौरमा १०२ जना, हेटौड़ा अस्पतालमा बिरामी कुरुवाको लागी ७० र असाहाय बिरामीहरुको लागी घरमुखी सेवा बाट २५ जना गरी कुल १९७ जनालाई सेवा दिन सफल भयौ । यसै गरी आज बाट हेटौड़ा अस्पतालमा उपचारारत बिरामीहरुको लागी निशुल्क बिहानको नास्ता ( अण्डा र मुँगको दाल ) सुरुआत गरिएको र आज बिरामी र स्टाफ़ गरी ९२ जनाले सेवा प्राप्त गरीएको र निषेधाज्ञाको अवधिभर हरेक दिन कार्यक्रम निरन्तरता गरिने जानकारी गराउँदै सम्पूर्णको साथ र सहयोगको अपेक्षा गर्दछौं ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…