रोट्रयाक्टर मनोज सुबेदीको १३ औँ पुण्य तिथिमा बृहत रक्तदान

रोट्रयाक्ट क्लव अफ बुटवल साउथले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका आफ्ना बोर्ड सदस्य प्रोफेसन्ल सर्भिस डाइरेक्टर स्व.मनोज सुबेदीको १३ औँ पुण्य तिथीको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त रक्तदान कार्यक्रममा रोट्रयाक्टर एवम् अन्य गरी २५ जना व्यक्तिले रक्तदान गरेको क्लवका अध्यक्ष रोट्रयाक्टर कृष्ण भुसालले जानकारी दिनुभयो । 

क्लबका अध्यक्ष भुसालले क्लवका सक्रिय सदस्य मनोज सुबेदीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको र देशभर हाल रगत अभाव भइरहेकोले १३ औँ दिनको पुण्य तिथिको अवसरमा रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । उहाँले स्व.सुवेदीको स्मृतिमा प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना समेत गरिने जानकारी दिनुभयो । रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरिएको क्लवले जनाएको छ । 

तिलोत्तमा घर भएका स्व.मनोज सुबेदीको यहि जेठ ३ गते २९ वर्षको उमेरमा कोरोना संक्रमणका कारण ज्यान गएको थियो ।

ब्लड बैँक बुटवलमा आयोजित रक्तदान कार्यक्रममा रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष रोटरीयन प्रेम भुर्तेल, एडमिन्ष्ट्रिेसन चेयर रोटरीयन किशु शर्मा, रोट्रयाक्ट क्लव अफ बुटवल साउथका बोर्ड पदाधिकारी, सदस्यहरु सँगै अन्य व्यक्तिहरुको सहभागिता थियो । 

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…