राेट्रयाक्ट कल्व अफ इटाभट्टा म्युनिसिपल, घरमै पुगेर खाना खुवाउदैं।

कोभिड १९ को नियन्त्रण र रोकथाममा अग्रभागमा सक्रिय सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रदान गदैं सामाजिकक्षेत्रमा क्रियाशील राेट्रयाक्ट क्लब अफ इटाभट्टा म्यूनिसिपलले कोभिड १९ का कारण जारी निषेधाज्ञका कारण समस्यामा परेकालाई खनाको व्यवस्था गरेको छ । युवा व्यवसायी तथा मेची उद्योग बाणिज्य संघका व्यवसायी दीपेन्द्रराज पाण्डेको संयोजनमा तथा स्टुडेण्ट राईजिङ टिमको सहकार्यमा मेचीनगरका विभिन्न वडाका नयाँ वस्ती, पुरानो भन्सार, सालघारी, जोरसिमल इटाभट्टालगायतका स्थानमा ६० जनालाई घरमै पुगेर खाना खुवाएको हो ।

यो अभियान निषेधाज्ञ अवधिभर र वातावरण सहज नभईञ्जेल यसलाई निरन्तरता दिने राेट्रयाक्ट क्लब अफ इटाभट्टा म्यूनिसिपलका अध्यक्ष इञ्जिनियर विवेक श्रेष्ठले जानकारी दिनुभयो । यसअघि क्लबले नेपाल भारतसीमाक्षेत्रमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षा सामग्री प्रदान गरेको थियो । इलामको रोङ गाउँपालिकादेखि झापाको भद्रपुर नगरपालिकासँग सीमा जोडिएको मेचीनगरक्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरुलाई ती सामाग्री प्रदान गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ । ‘रोट्रयाक सामाजिक उत्तरदायित्व बहन गर्नबाट कहिले पछि हट्दैन’ अध्यक्ष श्रेष्ठले भन्नुभयो—‘अहिले विश्वमा महामारीका रुपमा रहेकाले कोभिड १९ नियन्त्रण र रोकथाममा पनि अग्रसर रहेको र साथ सहयोग उपलब्ध गराउने प्रतिवद्घता व्यक्त गर्दछु ।’

क्लबले नगरभित्र रहेका सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट सतिघट्टा, नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी र सीमा प्रहरी चौकीलाई अक्सिमिटर, सर्जिकल मास्क, सेनिटाइजर र फेस शिल्डलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको थियो । मेची उद्योग बाणिज्य संघका सदस्य युवा व्यवसायी दीपेन्द्रराज पाण्डेले यस्तो महासंकटका बखत रोट्रयाकले निक्कै प्रशंसनिय काम गरेको बताउनुहुन्छ । अहिले हरेकक्षेत्र कोभिड १९ नियन्त्रण र रोकथाममा एकजुट भएर लाग्नुपर्ने अवसथामा यस क्लबले भूमिका निभाएको उहाँको भनाई छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…