रोट्र्याकट क्लब अफ बिरगंजद्वारा खाद्यान्न वितरण

बिरगंज असार ३, २०७८,
रोट्र्याकट क्लब अफ बिरगंजले ‘जीवन एकसाथ फिर्ता राख्दै’ अभियान अन्तर्गत आज असार ३ गते गरिब, विपन्न तथा निषेधाज्ञाबाट बढी प्रभावित र दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने ४५ घर परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

४५ घर परिवारलाई राहतस्वरुप चामल, सोयाबिन, नुन, तेल लगायतका सामाग्री वितरण गरिएको छ । निषेधाज्ञाबाट प्रभावितहरुलाई राहतस्वरुप खाद्य सामाग्री वितरणलाई निरन्तरता दिदै आएको क्लबका अध्यक्ष आयुष गुप्ताले बताए । अभियान वडा प्रहरी कार्यालय श्रिपुरको सहकार्यमा आयोजना गरिएको हाे।

साथै, क्लबले रोटरी क्लब अफ वीरगञ्ज, रोटरी क्लब अफ एडवर्डस्टाउन र डिस्ट्रिक्ट ९५२० दक्षिण अस्ट्रेलियालाई सहयोगको लागि धन्यवाद र आभार व्यक्त गरेको छ ।

वितरण कार्यक्रममा सामुदायिक आँखा केन्द्रका वीरगञ्जका मेडिकल संयोजक महेश सिंह धामी, संयोजक रोमित सिंह,सेवा निर्देशक रोहित शाह कलवार,सम्पादक स्वर्णिम क्षेत्रीलगायतको उपस्थिति रहेको थियो।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…