२०७९ आश्विन १० सोमबार

परिचर्चामा नेपाल कार्यक्रम हुदै: रोट्र्याक्ट क्लब अफ कान्तिपुर

नेपाली युवा समाजमा राजनीतिक चेतनाको स्तर निकै कमजोर छ। सिद्धान्त, इतिहास वा तथ्यको आधारमा राजनीतिक धारणा विकास गर्ने अभ्यास हाम्रो देशका नागरिकमा कम नै भेटिन्छ। पारिवारिक पृष्ठभूमि वा हो- हल्लाका भरमा राजनीतिक धारणा बनाउँदा, त्यसले राष्ट्रको समग्र कार्यपद्धतिमा नै असर पार्छ। राजनीतिक रुपमा सचेत नागरिकहरुले आफ्ना लागि सही नेतृत्व रोज्न सक्छन्, विशेष परिस्थितिमा सूचित धारणा निर्माण गर्न सक्छन्। राजनीतिक रुपमा सचेत नागरिकले आफ्नो समाजको बनोट र प्रणालीलाई बुझेर सचेत नागरिकको भूमिका निर्वाह गर्न सक्छ। यसर्थ, नेपाली समाजमा रहेको राजनीतिक चेतनाको स्तरलाई अभिवृद्धि गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य हुनेछ।

कार्यक्रमले समेट्ने विषयवस्तु:

  • राजनीतिक चेत र युवा उदासीनता
  • नेपालका ऐतिहासिक राजनीतिक आन्दोलनहरू
  • नेपालको सामाजिक र सांस्कृतिक संरचना
  • सरकार गठन प्रक्रिया र क्षेत्राधिकार
  • वर्तमान राजनीतिक आवस्था र युवाहरुको रचनात्मक सहभागिता

देशको अस्तव्यस्तता, राजनीतिक अस्थिरता, सीप पलायन आदि इत्यादि विषयमा युवा जमातको निराशा पनि स्पष्ट नै देखिन्छ। यस्तो अवस्थामा अबको राजनीतिमा युवाकै नेतृत्व हुनुपर्ने कथनमा सायदै कसैको विमति होला। हालको परिस्थितिमा पनि नेपाली राजनीतिमा युवा र युवाको सहभागिताको कुरा चुलिँदो विषय नै मानिन्छ। त्यसैले, लकडाउनको यो समयलाई सदुपयोग गर्दै रोट्र्याक्ट क्लब कान्तिपुरले हामी युवाकै लागि लक्षित कार्यकम, ‘परिचर्चामा नेपाल’ आयोजना गर्दैछ। ५ दिन, ५ फरक वक्तासँग, ५ विषयमा छलफल हुने यो कार्यक्रम आउँदो जुन २० देखि २४सम्म ‘जुम’ मार्फत हुनेछ। वक्तास्वरूप डा. उद्धव प्याकुरेल, प्रताप पौडेल, रक्षिता अर्याल, सौगात गौतम र सार्थक भट्टराईले प्रस्तुति दिनुहुने ‘परिचर्चामा नेपाल’ को यो पहिलो सत्र हुनेछ।

२० जुन २०२१ देखि २४ सम्म संचालन गरिने परिचर्चामा नेपालको पहिलो शृंखलामा हामी २० जना मात्रै सहभागी लिने छौँ। कार्यक्रम प्रत्येक दिन साँझ ५ देखि ७ बजे सम्म संचालन हुनेछ। कार्यक्रममा सहभागी र वक्ता बिचमा सहज अन्तर्क्रिया सुनिश्चित गर्नका लागि हामीले सहभागीको संख्या २० मा सिमित गरेका हौँ। सहभागीको छनोट फर्म भर्नु हुनेहरूको कार्यक्रम प्रतिको रुची र विषयवस्तु सिकाईका लागि प्रतिबद्धताको आधारमा गरिने छ। सुरुवातमा जम्मा २० जना सहभागीलाई मात्र छनोट गरिने हुँदा इच्छुकले यही फारममार्फत पनि आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ।

https://forms.gle/uCD2JDGTMzd8zXNf9

२०७८ असार ५, शनिबार १३:३५ गते 1 Minute 72 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार