पुतली गायकलाई आवास प्रदान: रोटरी क्लब अफ पोखरा लेकसाइड

पोखरा । आर्थिक विपन्नताका कारण ओत लाग्ने छानो समेत नपाएकी पुतली गायकलाई रोटरी क्लब अफ पोखरा लेकसाइडले नयाँ आवास निर्माण गरी प्रदान गरेको छ ।

पोखरा १६ गायकटोलमा उनलाई नवनिर्मित आवास हस्तान्तरण गरिएको हो । क्लबका अध्यक्ष अर्जुन खनालले पुतली गायकको अवस्था पत्तो पाएपछि लगत्तै क्लबको बैठकबाट पारित गराई मेम्बरहरुको आर्थिक संकलनमा आवास निर्माणको कामले सार्थकता पाएको बताए ।

क्लबले उक्त आवास निर्माणको लागि १ लाख ४५ हजार रुपैयाँ खर्चिएर आवासको छानो हालिएको अध्यक्ष खनालले जानकारी दिए । ‘ओत लाग्ने छानोसम्म नपाएको परिवारले अन्य सूरक्षा कसरी प्राप्त गर्न सक्छ र भन्ने अनुभत भयो,’ खनालले भने, ‘अब आवास दिन सकियो, दैनिकी गर्जो टार्न आर्थिक उपार्जन पनि दिन सकिनेबारे हामी सोच्ने छौं ।’

आवास निर्माणमा रोटरी क्लब, लायन्स क्लब लगायत अन्य सामाजिक संस्थाहरुले सघाएका हुन् ।
पुतली गायक बोल्न सक्दिनन् । उनीसँगै परिवारमा तीन छोरा र दुई छोरी आश्रित छन् । उनी एकल महिला हुन् । उनको अवस्थालाई देखेर सहयोग पु¥याएका सामाजिक संस्थाहरुलाई वडाध्यक्ष जीवन आचार्यले धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा रोटरी क्लबका सदस्य ऋषिराम सापकोटाले गायकका छोराछोरीलाई एलएन्जल्स माविमा १० कक्षासम्म निशुल्क पढाइदिने प्रतिबद्धता जनाए ।

आवास निर्माणका संयोजक तथा रोटरी क्लबका कोषाध्यक्ष कृष्णबहादुर थापाले सहयोगको अपिल आएको एकहप्तामै योजनाले मूर्त रुप लिएको जानकारी दिए ।

कार्यक्रममा रोटरी क्लब पोखरा लेकसाइडका आगामी वर्षका अध्यक्ष हुम आले, प्रेसिडेन्ट नोमिनी डा वीरबहादुर कार्की, सचिव टोपबहादुर थापा सहित क्लबका अन्य सदस्यहरु इञ्जिनियर राजेन्द्र लिगल, राजन कुमाल, उपेन्द्र अधिकारी, राममणि पौडेल, रोटट्रयाक्ट जोन फोरका जेडआरआर तथा सोही क्लबका सदस्य विश्वदर्शन पराजुली लगायत सहभागी थिए ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…