रोट्रयाक्ट क्लब अफ दमकद्वारा: वृक्षरोपण कार्यक्रम

दमक

रोट्रयाक्ट क्लब अफ दमकले रोटा वर्ष २०२१-२२ को पहिलो कार्यक्रमको रुपमा वृक्षरोपण कार्यक्रम गरेको छ। सन् २०१८ देखि दमकको विभिन्न गतिविधिमा सक्रिय रहेको रोट्रयाक्ट क्लब अफ दमकले आफ्नो चौथो नेतृत्वको रुपमा सपना लिम्बू पाएको हो। जुलाई १ देखि सुरु भएर जुन ३० सम्म एक रोटा बर्ष मान्ने यस संस्थाले दमक र दमक वरपरको क्षेत्रमा सम्मानजन्य कामहरु गर्दै आइरहेको छ। सोही क्रममा नयाँ नेतृत्व आए संगै यस संस्थाले आफ्नो गतिविधि सुरु गरेको हो ।

दमक-७ स्थित रतुवा खोलामा रहेको बाँधमा क्षेत्रमा वृक्षरोपण गर्दै क्लवले कार्य प्रारम्भ गरेको छ। औपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष सपना लिम्बूले भनिन् हामिले यो कार्यक्रम दमक नगरपालिकाको सहयोगमा गरेको हो। उनले थपिन हामिले कार्य सुभारम्भ मात्र गरेका हौं, वृक्षारोपण साथै तिनको संरक्षणको काम रोट्रयाक्ट क्लव अफ दमकले वर्षै भरि गर्दै लानेछ। सोही कार्यक्रममा उपस्थित दमक नगरपालिका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरीले भने “बाताबरण संरक्षण र त्यसको व्यवस्थापनमा हामी हरपल साथ दिने छौं।

सँगै रोटर्याक्ट क्लव अफ दमकले बर्षभरी नै रोप्ने मात्र न भएर संरक्षण पनि गर्ने कुरामा हामी सधैं साथ दिने छौं। आज पहिलो दिन ३० वटा बिरुवा रोपिएको र घेराबेरा गरिएको कार्यक्रममा रोटरी क्लव अफ दमकका अध्यक्ष भरत चम्लागाँई, पूर्व अध्यक्षहरु नविन श्रेष्ठ, सन्दिप चापागाईं लगायत रोट्रयाक्टका पदाधिकारीहरुको सहभागिता रहेको जानकारी कार्यक्रम संयोजक रुपा श्रेष्ठले जानकारी दिइन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…