१६औं स्थापना दिवसः रोटार्याक्ट क्लब अफ बुढानीलकण्ठले मनायो

रोटार्याक्ट क्लब अफ बुढानीलकण्ठले आफ्नो १६ औं स्थापना दिवस जुलाई ५, २०२१ मा भर्चुअल मार्फत मनायो। गुगल मिट मार्फत मनाईएको कार्यक्रमा रोटरी डिस्ट्रक ३२९२ का विभिन्न रोट्रयाक्ट क्लबहरुका सदस्यहरुको सहभागीतामा कार्यक्रम सफलतापुर्वक आयोजना भएको थियो। स्थापना दिवस मनाउने क्रममा औपचारिक सत्र र अनौपचारिक सत्र गरि दुई भागमा बाडिएको थियो। औपचारिक सत्रमा रोटार्याक्ट क्लब अफ बुढानीलकण्ठकी अध्यक्ष रो ईशा पौडेलले सम्पुर्ण अतिथिगण, नि वर्तमान अध्यक्ष, क्वाड्रपलेट्सका सम्पुर्ण अध्यक्ष एवं नि वर्तमान अध्यक्षज्यूहरुलाई एकमुष्ठ रुपमा स्वागत गर्नु भयो।

यस्तो प्रकारको गठन जुन चारवटा क्लब भएको क्वाड्रपलेट्स रोटार्याक्ट नेपाल ३२९२मा पहिलो पटक रहेको पनि जानकारि दिनु भयो। सम्पुर्ण अतिथिगणहरुको उपस्तिथिले गर्दानै कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको जान्कारी दिनु भयो। रोटार्याक्ट नेपाल ३२९२का बोर्डका पदाधिकारिहरु, रोटरी क्लब अफ बुढानिलकण्ठका अध्यक्ष, रोटार्याक्ट क्लब अफ हिन्दुजा, रोटार्याक्ट क्लब अफ काठमाण्डु मेट्रो सिटि, रोटार्याक्ट क्लब अफ वेदव्यास, रोटार्याक्ट क्लब अफ कोपन्डोल, रोटार्याक्ट क्लब अफ भद्रपुर, साथै विभिन्न रोटार्याक्ट क्लबका अध्यक्ष सदस्यज्यूहरु बाट १६ औं स्थापना दिवसको सुभकामना आदनप्रदान संगै औपचारिक कार्यक्रम समापन भएको थियो। अनौपचारिक सत्र सुरु भए संगै सम्पुर्ण उपस्तिथि साथिहरु बिच मुक्ताकहरू, गीतहरू, चुटकु्ला र रमाईलो गर्दै कार्यक्रम चार घण्टा सम्म चले संगै समापन पनि गरियो।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…