रोट्रयाक्ट क्लब अफ भरतपुर हाईट किशोर रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

चितवन । रोट्रयाक्ट क्लब अफ भरतपुर हाईट को नयाँ नेतृत्व चयन भएको छ । असार १२ गते भएको क्लबको पहिलो एसेम्बलीले सन् २०२१/२२ का लागि रोट्रयाक्टर किशोर रिजालको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।

रिजाल अध्यक्ष भएसंगै निवर्तान अध्यक्ष रोट्रयाक्टर सन्दिप अधिकारी, प्रेसिडेन्ट इलेक्टमा रोट्रयाक्टर अपेक्षा श्रेष्ठ, उपाध्यक्षमा रोट्रयाक्टर अर्जुन पौडेल र रोट्रयाक्टर सुरज भण्डारी, सचिवमा रोट्रयाक्टर श्वेता दुलाल, कोषाध्यक्षमा रोट्रयाक्टर चेतन थापा चुनिएका छन् । कार्य समितिमा ४ जना डाईरेक्टर क्रमश रोट्रयाक्टर उज्ज्वल अधिकारी, रोट्रयाक्टर सुस्मिता शर्मा, रोट्रयाक्टर अनिश काफ्ले र रोट्रयाक्टर सुस्मिता भट्टराई, ४ जना अफिसर रोट्रयाक्टर अस्मी न्यौपाने, रोट्रयाक्टर सुनिता लोहनी, रोट्रयाक्टर प्रियंका लामिछाने वि क र रोट्रयाक्टर मन श्रेष्ठ गरि १५ जनाको बोर्ड गठन गरिएको छ ।

कार्यक्रममा रोटरी क्लब अफ भरतपुरका रोटरियन राजेन्द्र पिया , रोटरियन भोला जोशी तथा रोटरियन विमल कुमार क्षेत्री साथै जोन १४ का जेड आर आर रोट्रयाक्टर निकेश खनालको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष रोट्रयाक्टर सन्दिप अधिकारीको कार्यकालको अर्धवार्षिक प्रगती विवरण प्रस्तुत गरिएको थियो । साथै निबर्तमन अध्यक्ष अधिकारीको कार्यकाल सफलता पूर्वक सम्पन्न भकोमा सबैबाट बधाई प्रदान गरिएको थियो र नयाँ कार्यकालको लागि शुभकामना पनि आधन प्रदान भएको क्लबको अध्यक्ष रोट्रयाक्टर किशोर रिजालज्यू ले बाताउनुभयो । कार्यक्रम भरतपुर स्थित मेड एग्रो टेक को सभाहलमा सम्पन्न भएको थियो ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…