रोट्रयाक्ट मकवानपुरमा न्यौपाने पदस्थापित

रोट्रयाक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा प्रतिक्षा न्यौपाने पदस्थापित भएकी छिन् । शुक्रबार मनहरी–३ मा आयोजित एक कार्यक्रमकाबीच न्यौपाने वर्ष २०२१-२२ को अध्यक्ष पदमा पदस्थापित भएकी हुन् ।


क्लबको उपाध्यक्षमा सरिता नेपाल, सचिवमा प्रदीपकुमार राई र कोषाध्यक्षमा राजन कटुवाल चयन भएका छन् । यस्तै, कम्युनिटि सर्भिस डाइरेक्टरमा भुवन घलान, प्रोफेसनल सर्भिस डाइरेक्टरमा पुष्पराज थापा मगर, क्लब सर्भिस डाइरेक्टरमा एलिशा न्यौपाने र सर्जन एट आम्र्समा प्रवेश धिताल कुन्दन चयन भएका छन् ।

अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा नवीन काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले यस अघिका कार्यक्रमहरुलाई पनि निरन्रता दिने बताउँदै स्थानीय तहहरुसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष सुन्दरकुमार जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका निवर्तमान अध्यक्ष कविन सांगामी, रोटरी क्लब अफ मकवानपुरका आगामी वर्षका अध्यक्ष कृष्णबहादुर कार्की, रोट्रयाक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेश दर्पण अधिकारीलगायतका आतिथ्यता रहेको थियो । रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष सुन्दरकुमार जोशीले रोट्रयाक्ट क्लबसँग सहकार्य गरेर काम गर्ने बताए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…