रोट्र्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीले छैठो स्थापना दिवस मानब सेवा आश्रममा मनायो।

जिवनमा कठिनाइ बर्बाद गर्नका लागि होइन हाम्रो साम्रर्थ्य र सक्ति पैदा गर्न आउछ भने जस्तै कोभिड को माहामारि बाट कार्यकाल सुरु गर्दै गर्दा रोट्र्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीले आफ्नो छैठो बार्षिक स्थापना दिवसको उपलक्ष्यमा मानब सेवा आश्रम, बुटवलमा भोजन कार्यक्रम गरि मनाएको छ। सो कार्यक्रममा मानब सेवा आश्रममा रहनु भएका करिब १०० जना सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) व्यक्तिहरुलाई भोजन वितरण गरेको छ।

कार्यक्रममा क्लब ले मानब सेवा आश्रम समिति लाइ यो महान कार्य को लागि धन्यवाद दिदै भबिष्यमा क्लब को तर्फ़ बाट थप सहयोग गर्ने जानकारी गराएको थियो। क्लब स्थापना को छोटो समयमा नै देश कै एक उत्कृष्ट रोट्र्याक्ट क्लब को रुपमा परिचित यस क्लब सामाजिक तथा युवा नेतृत्तो बिकाश गर्ने कार्यमा अगाडी रहदै आएको छ।

कार्यक्रममा क्लब का सस्थापक अध्यक्ष रो. मोहन न्यौपाने, पूर्व अध्यक्ष रो. बिक्रम छेत्री तथा वर्ष २१/२२ का अध्यक्ष रो. नबिन अर्याल ले आ-आफ्नो धारणा राख्नु भएको थियो तथा मानव सेवा आश्रमका अभिभावक समाजसेबी लोकनाथ भुसाल, शेर बहादुर गौतम तथा संचालिका सरु अधिकारीले क्लबलाई यस मानव सेवा आश्रमको कार्यमा साथ दिनु भएको मा धन्यवाद दिनु भएको थियो ।कार्यक्रम क्लबका उपाध्यक्ष रो. माधव पराजुली ले संचालन गर्नु भएको थियो।

भर्खरै प्रकाशित

रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

मिति : २०७८-०४-१६काठमाडौं, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान)ले मिति २०७८/०४/१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना…

नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक्ट क्लब अफ नारायणगढ, स्पाउस क्लब अफ नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड सम्युक्त आयोजना र इन्टयाक्ट क्लब अफ वाल्मीकि शिक्षा…

Heel Pain / Plantar Fasciitis /कुर्कुच्चा / पैताला दुखाई र…

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल…

Project TO2gether: सिद्दार्थनगर नगरपालिकामा अवस्थित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनट्रेटर सहयोग

रोट्यार्याक्ट क्लब अफ काठमाडौ र रोट्यार्याक्ट क्लब अफ अलुम्नी अफ युनिभर्सिटी अफ मोराटोवाको संयुक्त पहलमा एउटा र रोटरी क्लब अफ काठमाण्डुको सहयोगमा एउटा गरि रोट्यार्याक्ट…