रोट्र्याक्ट क्लब अफ सिन्धुलीगढि द्धारा जिल्ला अस्पताल सिन्धुलीलाई अक्सिजन कन्सन्टे्रटर हस्तान्तरण।

सिन्धुलीगढि
रोट्र्याक्ट क्लब अफ सिन्धुलीगढिले जिल्ला अस्पताल सिन्धुलीलाई अक्सिजन कन्सन्टे्रटर हस्तान्तरण गरेको छ । जिल्ला अस्पताल सिन्धुलीलाई केहि अक्सिजन कन्सन्टे्रटर आवश्यक भएको र अस्पतालले क्लबलाई अक्सिजन कन्सन्टे्रटर उपलब्ध गराईदिन आग्रह गरेपछि क्लबले अक्सिजन कन्सन्टे्रटर हस्तान्तरण गरेको होे ।

रोट्र्याक्ट क्लब अफ सिन्धुलीगढिले प्यारेन्ट क्लब रोटरी क्लब अफ काठमाण्डौँलाई सहयोग गर्न आग्रह गरेपछि रोटरी क्लब अफ काठमाण्डौँले अक्सिजन कन्सन्टे्रटर उपलब्ध गराएको र रोट्र्याक्ट क्लब अफ सिन्धुलीगढि मार्फत जिल्ला अस्पताल सिन्धुलीका ब्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोख्रेललाई क्लबले दुई थान अक्सिजन कन्सन्टे्रटर हस्तान्तरण गरेको क्लबका सचिब सुर्दशन शाहिले जानकारी दिनुभयो ।

सोहि अक्सिजन कन्सन्ट्रेटर काठमाण्डौँ देखि सिन्धुली सम्म ल्याउन सहयोग गर्ने राज कुमार श्रेष्ठ र मेघ बहादुर लामालाई क्लब परिवारले धन्यवाद दिएको छ ।रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले गर्दै आएको सामाजिक कार्यलाई जिल्ला अस्पताल सिन्धुलीका ब्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोख्रेलले धन्यवाद दिनुभएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…