रोट्रयाक्ट क्लब अफ तिनाउ सिटीको अध्यक्षमाः ज्ञवाली

बुटवल । रोट्रयाक्ट क्लव अफ तिनाउ सिटी बुटवलको छैठौ पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । रोटरी डिष्टिक ३२९२ नेपाल भुटानका गर्भनर नोमिनि राजेन्द्र ध्वजूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्ष २०२०-२१ का अध्यक्ष अनुप पाण्डेले बर्ष २०२१-२२ का अध्यक्ष अशोक ज्ञवालीलाई पद हस्तान्तरण गरेका थिए । नव नियुक्त अध्यक्ष ज्ञवालीलाई क्लवका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी डिष्टिक ३२९२ नेपाल भुटानका गर्भनर नोमिनि राजेन्द्र ध्वजूले समाज रुपान्तरणको अभियानमा युवाहरु लाग्नुपर्ने भन्दै स्वार्थ माथी माथी रहेर सेवा गर्न क्लवलाई आग्रह गरे । शिक्षा, स्वास्थ्य तथा जनजिविकाका सामाजिक विषयमा क्लवले गरेका कार्यको प्रसंसा गर्दै गर्भनर ध्वजूले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ बढि परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष ईन्जिनियर धुब्र धितालले पछाडि परेको बर्ग समुदायमा पनि अब रोट्रयाक्टको उपस्थिती हुनुपर्ने बताए । कार्यक्रममा रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीका पुर्व अध्यक्षहरु उमेश अधिकारी, ज्ञानेन्द्र गिरी, प्रकाश पराजुली त्यस्तै रोटरियन प्रेम भुर्तेल, लक्ष्मण खरेल, ईन्द्र रिजाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा क्लवले खेल बर्ष व्यक्तिको रुपमा राष्टिय टिमका क्रिकेट खेलाडि कुशल भुर्तेललाई सम्मान गरेको थियो । क्लवका अध्यक्ष अनुप पाण्डे, प्रमुख अतिथि रोटरी डिष्टिक ३२९२ नेपाल भुटानका गर्भनर नोमिनि राजेन्द्र ध्वजूले नगद सहित भुर्तेललाई सम्मान गरेका थिए । सम्मान पछि कार्यक्रममा बोल्दै क्रिकेटर खेलाडि भुर्तेलले निरन्तरको मेहनत र खेलप्रतिको लगाव कायमै राखे सफलता हासिल गर्न सकिने बताए ।

कार्यक्रम टंकनाथ अधिकारीको स्वागत तथा मनोरथ अर्यालको पहिलो सत्र र राजु प्रसाद भुर्तेलको दोस्रो सत्र सञ्चालन संगै सम्पन्न भएको थियो ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…