रोटर्याक्ट क्लब अफ दमकले गर्यो “मेहेन्दी उत्सव”कार्यक्रम

दमक, ३ श्रावणमा रोटर्याक्ट क्लब अफ दमकको आयोजनामा “दि मेहेन्दी सेरेमोनी” कार्यक्रम सम्पन्न भएको छ।

संस्कार र संस्कृति आत्मसाथ गर्दै रोटर्याक्ट क्लब अफ दमकले “मेहेन्दी उत्सव” कार्यक्रम संचालन गरेको कुरा यसै क्लब कि अध्यक्ष सपना लिम्बुले बताइन।

साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा मनाइने गरेको छ सोही कारणले उक्त कार्यक्रम राखिएको हो।

उक्त कार्यक्रममा रोटर्याक्ट क्लब अफ दमकका साथ साथै रोटरी क्लब अफ दमक र इन्ट्रायाक्ट क्लब अफ जेम्सको पनि उत्साहजनक सहभागीता रहेको अध्यक्ष लिम्बूले बताइन् ।

विशेष गरि हाम्रो समाजमा साउन महिना अनि मेहेन्दी भन्ने बितिकै महिलाहरुको लागि महत्त्वपूर्ण मान्ने गरिन्छ तर आज रोटर्याक्ट क्लब अफ दमक, रोटरी क्लब अफ दमक र इन्ट्रायाक्ट क्लब अफ जेम्सका पुरुष साथीहरुले हातमा मेहेन्दी लगाएर समाजलाई सोच बदलौं भन्ने एउटा सन्देश पनि दिएको छ।

उक्त कार्यक्रममा मेहेन्दी लगाइदिने क्लब भित्रकै साथीहरु रहेकाले आफ्नो प्रस्तुति देखाउन पाउँदा उनिहरुले खुशी ब्यक्त गरेका छन् भने सोही कार्यक्रममा सबै मिलि करिब ३० जनाले मेहेन्दी लगाएर खुशी आदानप्रदान गरेको कुरा पनि अन्यमा संयोजक प्रंशसा खनालले बताइन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…